सनिप लामा भए नेपाल्स स्टार मोडल २०१८ को बिजेता

काठमाडौँ : सिद्दि मिडिया प्रालिले आयोजना गरेको नेपाल्स स्टार मोडल २०१८ दोस्रो सिजनको बिजेता बन्न सफल छन् सनिप लामा l राष्ट्रिय नाचघर जमलमा भब्य रुपमा सम्पन्न भएको नेपाल्स स्टार मोडल २०१८ प्रतियोगितामा करीब एक महीना लामो प्रशिक्षणपछि सम्पन्न भएको उक्त प्रतियोगितामा सनिप लामा बिजेता बन्न सफल भएका थिए भने फर्स्ट रनरअप प्रकाश बोहोरा र सेकेण्ड रनरअप तथा मस्ट पपुलर बन्न सफल भएका थिए आयुष ठाकुर l

नयाँ प्रतिभाहरुलाई मोडलिङ क्षेत्रमा भित्राएर उनीहरुलाई व्यबसायीक मोडल बनाउन नेपाल्स स्टार मोडल २०१८ आफुहरुले आयोजना गर्दै आएको आयोजक सँस्थाका अध्यक्ष अमित शाहले बताए।

उक्त प्रतियोगिताको निर्णायकहरुमा संचारकर्मी तथा कलाकार सुर्य चन्द, चलचित्र निर्देशक समाज नेपालको अधक्ष्य सुचित्रा श्रेष्ठ समाजसेवी कृष्ण देबकोटा, संचारकर्मी सन्जिब झा, संचारकर्मी जिना ताम्राकार रहेका थिए l

उक्त सौन्दर्य प्रतियोगिताको कोरियोग्राफर नेपाल्स स्टार मोडल २०१७ का बिजेता तथा कोरियोग्राफर आशिष कुमार मिश्रले गरेका थिए भने कार्यक्रमको संचालन चर्चित कोरियोग्राफर आस्विनी झाले गरेका थिए l

Leave a Reply

Your email address will not be published. Required fields are marked *