मित्रता दिवसको अवसरमा कटारीबाट जागिर आयो

पुर्वी नेपालको उदयपुर जिल्लाको कटारी नगरपालिकाका युवाहरुको समुहले त्यस स्थानबाट पहिलो पटक सर्ट मुभि जागिर मित्रता दिवसको अवसरमा युटुय्वमा सार्वजनिक गरेका छन् । ‘जागिर खोज्दै जाँदा आफ्ना कागजात सम्बन्धित व्यक्तिलाई मात्रै दिनु पर्छ भन्ने सन्देश जागिरमा छ ।’ ‘पहिलो प्रयास भएकोले आवाजमा समस्या छ तर हेडफोन प्रयोग गर्दा राम्रो सुनिन्छ । अव हामी स्तरीय भिडियो बनाउने प्रयासमा छौं ।’ भिडियोको निर्देशक सुसन लिम्बुले भने ।

भिडियो लिङ्क
अब आगामी दिनहरुमा पनि यस समूहले मा कटारीको विभिन्न रमणीय स्थानहरुलाई समेटेर मनोरञ्जनात्मक, म्यूजिक भिडियो र अन्य गतिविधिमुलक भिडियोहरु निरन्तर रुपमा ल्याउने प्रण गरेका छन् । सर्ट मुभीमा लिम्बुसँगै कृपा पण्डित क्षेत्री, सुरज थापा काजी र रुपेश दनुवारले अभिनय गरेका छन् । छायांकन युनिज रेम्बो तथा सम्पादन सुवास लिम्बुको छ । कटारीबाटै पहिलो पटक गरिएको प्रयासलाई हेरेर सल्लाह एवं सुझाव दिन पनि लिम्बुले आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *