करातेमा अाफ्नो बर्चस्व कायम गर्दै सरिता सापकोटा

करातेमा अाफ्नो बर्चस्व कायम गर्दै सरिता सापकोटा ।
महिला भएर चुलो चौकामा मात्र सिमित नभएर स्वयम् अाफ्नो लागि एवम् देशका लागि केही गरौ भन्ने कमै भेटिन्छन् । ती मध्ये एक हुन सरिता सापकोटा तराईको समथर एवम् उर्वराशील भुमि मिरच्या जन्म भएकी उनी सपना एवम् रहरको शहर काठमाण्डौलाई कर्मथलो बनाई सफलताको मार्गमा निरन्तर हिडिरहेकी प्रतिभा हुन् ।वि स २०४७ साल देखि करातेमा प्रवेश गरेकी उनी २०५४ सालमा ब्याक बेल्ट प्राप्त गरि अौपचारिक रूपमा प्रवेश गरेकी हुन् ।

त्यसपछीका दिनमा उनले अाफ्नो खेल जिवनमा कहिलै पछाडी फर्केर हेर्नू परेको छैन यसै खेलमा उनि अाफ्नो छुट्टै वर्चस्व राख्न सफल भएकी छिन् ।निरन्तरको अथक प्रयास एवम् अाफ्नो अात्मविश्वास एवम् परिवार साथीभाईहरूको हौसला र प्रेरणाले यहा सम्म अाउन सफल भएकि उनि अाफ्नो शुरूको खेल जीवन सारै कष्ठकर भएको तर अहिले अाफूले यहि खेल जिबनबाट प्रख्याती एवम् सफलतामा उनी सन्तुष्ट देखिन्छिन् ।सानै उमेर देखि कराते खेल प्रतिको लगावले यहाँ सम्म अाईपुग्न सफल उनी पूर्वाञ्चलकै पहिलो महिला कराते एअसिन रफ्रिइ हुन ।

कर्म गर्ने अनि फलको अाशा त्यति नगर्ने उनी कर्म नै अाफ्नो सम्पति भएको बताउछिन् । अहिले उनी विभिन्न विद्यालयमा एक सफल शिक्षिका बनेर स्कुले बालबालिकालाई अाफ्नो लगाव एवम् अाफ्नो शुरूका खेल खेल्दा परेका कठिनाईलाई मध्यनजर गर्दै अात्मविश्वास दिलाई सिकाउन व्यस्त छिन् ।कराते खेल क्षेत्रको उत्थानमा लागि परेकी उनी यहि खेल जिवनलाई विभिन्न प्रेरणा र हौशला दिदै अगाडि बढाउन चाहन्छीन् ।राष्ट्रिय स्तरमा अायोजना हुने एक दर्जन भन्दा बढी कराते खेलको सफल र कुशल अम्पायर गरिसकेकि छिन् ।

कराते खेलबाटै विभिन्न पदक र ट्रफी प्राप्त गरिसकेकि उनी पदक या ट्रफि पाउँदा लाग्ने खुशीमा बेग्लै अनुभव र गर्वले छाती ढपक्क फुलेको अनुभूति हुने भनेर अाफ्नो अविस्मरणीय क्षण पनि हाम्रा सामु राख्न भ्याईन । अाफ्नो खेल जिवनमा कोही कसै सग गुनासो नगर्ने उनी नेपाल सरकारको खेल प्रति हेर्ने दृष्टिकोण अझ भनौ कराते प्रति सरकार नतमस्तक भई खेलाडीलाई प्रोत्साहन ,हौशला र प्रेरणा दिन नसकेको उनी असन्तुष्ट देखिन्थिन् ।

खेल यस्तो हो जुन स्वयम् खेलाडी एवम् राष्ट्रलाई अन्तराष्ट्रिय स्तरमा पहिचान दिन सक्ने देशका गहना हुन त्यहि गहनालाई हतोत्साही गर्नु जुन सरकार अाए पनि यहि परम्परा हाम्रो मुलुकमा छदै छ र सायद यो पिढी दरपिढि सम्म पनि पुग्ला ? खेलाडीलाई उचित व्यावस्थापन हौसला र प्रेरणा दिन नसक्दा खेलाडीहरू दैनिक गुजारा गर्न धौ धौ पर्दा बाध्यता बस विदेश पलायन भएका पाइन्छन् । सुन र नुन चिन्न नसक्ने कति सम्मको लाचारिपन हुनसक्ला ? यस प्रति सम्बन्धित निकायको ध्यान कहिले जाने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *