मिस्टर ऐन्ड मिस नेपाल क्लासिक हन्टको पहिलो अडिशन सम्पन्न

” पिउूश मेगा फेसन ” को आयोजना भएको मिस्टर ऐन्ड मिस नेपाल क्लासिक हन्टको पहिलो अडिशन हिजो भाद्र ५ गते मंगलबार ,पेन्गुइन कटेज एन्ड रेस्टुरेन्टमा सम्पन्न भएको थियो | एस अडिशन मा निद्णएकमा मिष्टर चितवन मोडल २०१८ को बिजेता राजेश कुमाल, नेपोहोलिक कृउका मेम्बर डान्सर सुनिल बिक र अायोजक पियूश कुमाल द्वारा गरिएको थियोे | अडिशन भएको उक्त सौन्दर्य प्रतियोगितामा १५ जना प्रतिस्प्रधी युवायुवती छनौट भएका छन् भने अन्य प्रतियोगीहरुको लागि भाग लिनको लागि पियुश मेगा फेसन प्रालिको कार्यालय भरतपुर बाट धमाधम छनौट भईरहेको कुरा आयोजक सस्थाले जानकारी गराएको छ l

यस सौन्दर्य प्रतियोगितामा भाग लिन इच्छुक महिला तथा पुरुष प्रतियोगीहरुले पियुश मेगा फेसन प्रालिको कार्यालय बाट फर्म लिएर सहभागिता जनाउन सक्नेछन l प्रतियोगितामा भाग लिनको लागि १६ बर्ष देखि २६ बर्ष सम्मक र महिलाको उचाई ४’८” र पुरुष ५’३” भन्दा माथिका तथा अबिबाहित प्रतियोगीहरुले भाग लिन पाउनेछन l उक्त प्रतियोगिताको बिजेताले ल्यापटप, क्यास, एटर्याक्टिभ गिफ्ट ह्याम्पर र म्युजिक भिडियो तथा मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन l

प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ २० दिन सम्म विशेष प्रशिक्षण प्रदान गरिने छ जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् । प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई जुम्बा डान्स एन्ड फिटनेस, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित विभिन्न गतिविधिमा समेत सहभागि गराइने जानकारी संयोजक राजेश कुमालले गराए। इच्छुक प्रतियोगीहरु सम्पर्क को लागि तलको ठेगानामा सम्पर्क गर्न सक्नेछन l सम्पर्क न. :- ९८४५०८६७८२ /९८४५९४१४५२

Leave a Reply

Your email address will not be published. Required fields are marked *