बिमोचन लामिछाने र उषा तिवारीबिजेता बन्न सफल

बिमोचन लामिछाने र उषा तिवारी – मिस्टर एन्ड मिस क्लस्सिक हन्ट २०१८ को भएका छन् l पियुश मेगा फेसन प्रालिको आयोजनामा “मिस्टर एन्ड मिस क्लसिक हन्ट २०१८” को ग्राण्ड फिनाले अाप्पा बन्कुएट एन्ड रिसाेर्ट कालिका -१ लन्कालाइन चितवन मा भव्य रुपमा सम्पन्न भएको छ l यस सौन्दर्य प्रतियोगितामा पुरुष तथा महिला तर्फ फर्स्ट रनरअपमा सुरज नगरकोटी , शोभा कुमाल तथा सेकेण्ड रनरअपमा सौरभ कुमाल र रितु भन्डारी ले ताज जित्न सफल भएका छन् साथै अर्गनाइजर चोइस बिजेता मिस जमुना रायमाझि तथा मोस्ट टयालेनटेड टाईटल बिजेता मा मिस एन्जिला कुमाल बन्न सफल भएका छन ।

चितवनको लन्कालैन मा सम्पन्न भएको यस सौन्दर्य प्रतियोगितामा भबिष्यमा राष्ट्रिय स्तरमा हुने विभिन्न प्रतिश्प्रधाहरुमा प्रतिनिधित्व गराउने उदेश्यले यस प्रतियोगिता गरिएको पियुश मेगा फेशन प्रालिको प्रबन्ध निर्देशक पियुश कुमाल बताउछन् l
यस प्रतियोगिताको बिजेताले ल्यापटप सहित क्राउन,ट्रफी गिफ्ट ह्याम्पर लगायतका पुरष्कार प्राप्त गर्नुको साथै राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने , म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता भई आफ्नो क्षमता प्रस्फुटन गर्न अभिप्रेरित गराउने कुरा आयोजक बताउछन l

मिस्टर एन्ड मिस क्लसिक हन्ट २०१८ को अन्तिम प्रतिश्प्रधामा प्नमुख अतिथी डा. सुरेश कुमार प्रधान तथा निर्णायक मण्डलीमा बेद राज न्युपाने , डा. शर्मिला कुमाल , जनक राज घिमिरे र अभिबिन्द खानिया रहेर बिजेता घोषणा गरेका थिए l

प्रतियोगीहरुलाई २० दिनसम्म विशेष प्रशिक्षण प्रदान गरिएको थियो जसमा कोरियोग्राफर राजेश कुमाल बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा होस्पितालिती पार्टनर ब्ल्याक फरेस्ट क्याफे बाट होसपिटालिटी कलास र व्यक्तित्व विकास सम्बन्धी विषयमा प्रशिक्षण गराइएको जानकारी आयोजक पियुश कुमाल ले गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *