पूर्वाञ्चल राइजिङ मोडल नेपाल 2018 को अायोजना हुने

पूर्वाञ्चल राइजिङ मोडल नेपाल 2018 को अायोजना हुने भएको छ । थ्रि.डी इभेन्ट एण्ड मिडिया हाउसले यश कार्यक्रम अायोजना गरेको हो । सपना एवम् रहरको शहर काठमाण्डौ लगायत चितवन, जनकपुर गरि अाधा दर्जन भन्दा बढी ब्युटी प्रिजेन्ट सफलता पुर्वक सञ्चालन गरि सकेको मोडल सङ्स नेपालका म्यानेजिङ डाइरेक्टर एवम् थ्रि डी इभेन्ट एण्ड मिडिया हाउसका सिईअो सुजन रिमालले जानकारि गराए अनुशार पुर्वामा रहेर काठमाण्डौ जान सक्षम नभएका ईच्छुक प्रतियोगिहरूको विशेष अाग्रह एवम् अनुरोधलाई मध्यनजर गरि यो कार्यक्रम कार्यक्रम अायोजना गरिएको बताए । काठमाण्डौमा साउन ४ गते कार्यक्रम समापन भए लगत्तै पूर्वाञ्चललाई केन्द्रमा राखी यश कार्यक्रमलाई अगाडि बढाइएको थियो । भने यहि प्रा.लि ले नै काठमाण्डौमा पनि कार्यक्रम थालनि गरिसकिएको हुनाले समय व्यावस्थापन भईरहेको जानकारि गराएको छ । पूर्वाञ्चल राइजिङ मोडलको तयारि अहिले फोटो कन्टेस मार्फत अगाडि बढी रहेको छ भने फोटो कन्टेस्मा पूर्वामा व्यापक सहभागिता पाईएको छ जसमा विजेतालाई नगद ११००० अनि ट्रेनिङमा ५०% झुट प्रदान गरिएको छ । भने यश लगत्तै भाद्र २३ गते इटहरि र विर्तामोडमा अडिसन हुने कुरा जानकारि गराईएको छ । यस प्रतियोगिताले भविष्यमा राष्ट्रिय स्तरमा हुने विभिन्न प्रतिस्पर्धाहरूमा प्रतिनिधित्व गराउदै सक्षम र सफल मोडल उत्पादन गरि कला क्षेत्रलाई थप उर्जाशील बनाउने उदेश्य लिईएको छ ।इच्छुक १६ बर्ष देखि २८ बर्ष सम्मका युवा युवतीले सहभागिता जनाउन सकिने बताईएको छ । प्रतियोगिता अतर्गत छनौटमा पर्न सफल प्रतियोगीहरूलाई एक महिना सम्म विशेष प्रशिक्षण अन्तर्गत नेपालका ख्याति प्राप्त कोरियोग्राफरबाट सञ्चार दक्षता , व्याक्तित्व विकास एवम् अात्मविश्वासलाई थप मजबुत बनाउने कक्षा , मोटिभेसन, अादी कक्षा प्रदान गर्दै ख्याति प्राप्त प्रेरणादायी कलाकार मार्फत कला र संगित जगतका चुनौति सामना गर्न सक्षम बनाउने कक्षा सञ्चालन त्यसै गरि प्रशिक्षणको क्रममा प्रतिस्पर्धीहरूलाई फिटनेस , पोज ,योगा , स्पा , सेल्फ मेकअप फेसन कक्षा सहित विभिन्न गतिविधीमा सहभागिता गराईने छ । हेरौ !काठमाण्डौमा जस्तै सफलता पुर्वमा पाउन सक्छ कि सक्दैन त्यो भने हेर्न बाकी नै छ । हाम्रो तर्फबाट थप सफलताको कामना गर्न चाहन्छौ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *