जनवरी २५ मा ‘पद्यमावत’ प्रर्दशनमा अाउने, अक्षयकाे ‘प्याडम्यान’ सँग भिडन्त

निर्देशक संजयलिला भन्सालीको फिल्म ‘पद्यमावत’ जनवरी २५ मा प्रदर्शन हुने भएको छ। लामो समयको विवाद पश्चात अन्ततः फिल्म प्रदर्शनमा आउने भएको हो।

फिल्मको सुरूवाती नाम ‘पद्यमावती’ थियो। गत वर्षको डिसेम्बर १ तारिखमा प्रदर्शन मिति तोकिएको फिल्म विरोधका कारण प्रदर्शनमा आउँन सकेको थिएन। भारतको सेन्सर बोर्डले ५ दृश्यमा फेरवदल र फिल्मको नाममा परिवर्तन गरेपश्चात फिल्म प्रदर्शन हुने भएको छ।

‘पद्यमावत’ प्रदर्शनमा आउने दिनमा नै अक्षय कुमार अभिनित ‘प्याडम्यान’ प्रदर्शन हुँदैछ। अक्षय कुमार, सोनम कपुर, राधिका अप्टे लगायतकाे अभिनय रहेकाे फिल्म ‘प्याडम्यान’ जनवरी २५ मा प्रदर्शनमा अाउने केहि महिना अघि नै तय भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *