पेज थ्री को आयोजनामा “फेस अफ मारवाडी किड्स, २०१९” सौन्दर्य प्रतियोगिताको फाईनल पुस २८ गत्ते हुने

पेज थ्री को आयोजनामा फेस अफ मारवाडी किड्स, २०१९ सौन्दर्य प्रतियोगिताको फाईनल यहि पुस २८ गत्ते काठमाडौंको बालुवाटारस्थित अलाइस रेसिप्सनमा सम्पन्न हुने भएको छ । पेज थ्री को आयोजनमा फेस अफ मारिवाडी मिस, मिसेस एन्ड मिस्टरको अपार सफलता पश्चात अब फेस अफ मारवाडी किडसको आयोजना गरेको आयोजक संस्थाकी प्रमुख रेखा मोदी मित्रुकाले जनाईन । मोदीका अनुसार मारवाडी समुदायका बाल बालिकाको व्यक्तित्व विकास गरि मारवाडी कला संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले ‘फेस अफ मारवाडी किडस’ प्रतियोगिता आयोजना गर्न लागिएको हो । जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको क्लास,आत्मविश्वास अभिवृद्धि गराउने क्लास, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिइएको थियो । मारवाडी समुदायका बाल बालिका्हरुलाई नर्सरी, एलकेजी र युकेजीका ६ वर्षसम्मका बच्चाहरुको एउटा ग्रुप, ६ वर्षदेखि माथिका कक्षा १, २ र ३का बच्चाहरुको एउटा ग्रुप, कक्षा ४, ५ अनि ६ का बच्चाहरुको एउटा ग्रुप र ७, ८ र ९ कक्षाको एउटा गरी चार ग्रुप बनाएर विगत एक महिनादेखि प्रशिक्षण प्रदान प्रदान गरिएको थियो । सोनिया केडिया काउन्सिलर, पुनम बर्मा कोरियोग्राफ, युबलुम टिमको ब्यवस्थापन रहेको प्रतियोगितामा ग्रुप ‘ए’ को तर्फबाट विजेताले मिनि मिस्टर फेस अफ मारवाडी र मिनि मिस फेस अफ मारवाडी को ताज संगै नगद रु. २०,०००/- पुरस्कार त्यसैगरी ग्रुप ‘बी’ को विजेताले ‘लिटिल मिस फेस अफ मारवाडीको ताज पहिरिनुको साथै नगद रु. २५,०००/- पुरस्कार स्वरुप प्राप्त गर्नेछन । त्यस्तै ग्रुप ‘सी’को विजेताले ‘लिटिल मिस्टर फेस अफ मारवाडीको उपाधी संगै नगद रु. २५,०००/- पुरस्कार प्राप्त गर्दा ग्रुप ‘डी’ को बिजेताले ‘प्रिन्सेस फेस अफ मारवाडीको ताज पहिरिदै नगद रु. ३०,०००/- पुरस्कार प्राप्त गर्नुको साथै सम्पुर्ण विजेताहरुले अन्य विभिन्न गिफ्ट ह्यम्परहरु समेत प्राप्त गर्ने आयोजक मोदीले जनाएकि छिन ।