प्रदेश स्तरीय वादाे कराते हुदै

रामेछापको दोरम्बामा गाउँपालिका उपाध्यक्ष कप प्रदेश स्तरिय वादो कँराते प्रतियोगिता यही मंसिर २९ र पौष १ श्री कण्ठेश्वर उ.मा.बि. को प्राङ्गण टोकरपुरमा हुने भएको छ। दोरम्बा गाउँपालिकाको आयोजनामा र अाई. डब्लू. एफ्. एन्. कराते जिल्ला डाेजाे रामेछापको व्यवस्थापनमा हुने प्रतियोगितामा ३ न. प्रदेश अन्तर्गत रहेका १३ वटा जिल्लाबाट महिला ११५ र पुरुष १९० गरी जम्मा ३०५ जना खेलाडीहरुले २७ स्वर्ण पदकको लागि प्रतिस्पर्धा हुने भएको छ/ दुई दिन सम्म चल्ने उक्त कँराते प्रतियोगितामा बिजयी खेलाडी टिमलाई मेडल, ट्रफि र प्रमाण पत्र वितरण साथै खेलकुद क्षेत्रमा योगदान गर्नहुने व्यक्तिहरूको सम्मान कार्यक्रम समेत रहेको प्रतियोगिता मुल अायाेजक समितिका संयाेजक ज्ञान बहादर थापामगरले बताउनु भयाे /

Leave a Reply

Your email address will not be published. Required fields are marked *