नेक्स्ट सुपर टप्स मोडल नेपाल २०१८ को ग्राण्ड फिनालेमा चार व्यक्तित्व सम्मानित

काठमाडौँ : मोडल सङस नेपाल प्रालिले आयोजना गरेको नेक्स्ट सुपर टप्स मोडल नेपाल २०१८ दोश्रो सिजन सौन्दर्य प्रतियोगितामा समाजमा अतुलनिय योगदान पुर्याएका चार व्यक्तित्व सम्मानित भएका छन् l प्रमुख अतिथि गोपाल सुन्दर लाल कक्षपति तथा मोडल सङस नेपाल प्रालिका अधक्ष्य डेभिल सिंह राजपुतले संयुक्त रुपमा उत्कृष्ट नेपाली रुपया डिजाइनर सुन्दर लाल श्रेष्ठ, चलचित्र निर्देशक राम बहादुर आरके सुबेदी, संचारकर्मी राजेन्द्र लुइँटेल तथा युवा ब्यबसायी प्रियंका बोथ्रालाइ कदर पत्र सहित सम्मान गरिएको थियो l

उक्त प्रतियोगितमा एघार जना अन्य प्रतिश्प्रधिहरुलाई पछि पार्दै स्वेता तिमल्सिनाले बिजेताको ताज चुम्न सफल भएकी छिन l फर्स्ट रनरअप अलिना ब्लोन र सेकेण्ड रनरअपमा रितु श्रेष्ठ भएकी थिइन् भने मस्ट पपुलरमा जेनिशा श्रेष्ठले ताज जित्न सफल भएकी थिइन् l त्यसैगरी पुरुष तर्फ आठ जना प्रतिश्प्रधिलाइ उछिन्दै भाइचुङ राइ बिजेता बनेका छन भने फर्स्ट रनरअप सागर कार्की र सेकेन्ड रनरअप सन्देश बम भएका छन l

Leave a Reply

Your email address will not be published. Required fields are marked *