रनर अटोमोबाइल्सले उत्पादन गरेका सात मोडलका बाइक

रनर अटोमोबाइल्सले उत्पादन गरेका सात मोडलका बाइक नेपाली बजारमा लन्च भएका छन् । रनर बंगलादेशी मोटर कम्पनी हो । नेपालमा लन्च गरिएका रनरका बाइकको मूल्य १ लाख ४८ हजारदेखि २लाख ३५ हजार रूपियाँसम्मका छन् ।लन्च गरिएका मध्ये रनर नाइट राइडर सबैभन्दा अधिक मूल्य भएको बाइक हो । यसमा १ सय ५० सीसीको इन्जिन छ । यसको इन्जिनले अधिकतम ११.९३ ब्रेक हर्सपावर शक्ति निकाल्छ । र, यसको टर्क क्षमता १२.२० न्युटन मिटरको छ ।
नेपालमा लन्च गरिएका सबै बाइकको माइलेज राम्रो भएको दाबी गरिएको छ । नाइट राइडरले प्रतिलिटर ५० किलोमिटर माइलेज दिने अनुमान गरिएको छ । र, यो १ सय २० किलोमिटर प्रतिघन्टाको अधिकतम गतिमा कुद्न सक्छ ।

कम्पनीका अनुसार यी बाइकहरु नेपाली प्रयोगकर्ताका आवश्यकता अनुसार डिजाइन गरिएका हुन् । नेपालमा लन्च भएका रनरका अन्य बाइक ८५ देखि १ सय २५ सीसी इन्जिन क्षमताका छन् । रनरका अनुसार नेपालमा एक सयदेखि १ सय ५० सीसी इन्जिन क्षमताका बाइकहरु धेरै रुचाइन्छन् ।
लन्च गरिएका मध्ये रनर नाइट राइडर सबैभन्दा अधिक मूल्य भएको बाइक हो । यसमा १ सय ५० सीसीको इन्जिन छ । यसको इन्जिनले अधिकतम ११.९३ ब्रेक हर्सपावर शक्ति निकाल्छ । र, यसको टर्क क्षमता १२.२० न्युटन मिटरको छ ।
नेपालमा लन्च गरिएका सबै बाइकको माइलेज राम्रो भएको दाबी गरिएको छ । नाइट राइडरले प्रतिलिटर ५० किलोमिटर माइलेज दिने अनुमान गरिएको छ । र, यो १ सय २० किलोमिटर प्रतिघन्टाको अधिकतम गतिमा कुद्न सक्छ ।

कम्पनीका अनुसार यी बाइकहरु नेपाली प्रयोगकर्ताका आवश्यकता अनुसार डिजाइन गरिएका हुन् । नेपालमा लन्च भएका रनरका अन्य बाइक ८५ देखि १ सय २५ सीसी इन्जिन क्षमताका छन् । रनरका अनुसार नेपालमा एक सयदेखि १ सय ५० सीसी इन्जिन क्षमताका बाइकहरु धेरै रुचाइन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *