बेलायतको ‘विशिष्ट नागरिक सम्मान’पछि अब एसियाली मुलुकमा

सम्मान तथा अवार्ड आयोजना गरेरै विश्वको एक फन्को लगाउने जमर्को गरिरहेका अवार्ड आयोजक तथा बक्स अफिस इन्टरनेशनल ग्रुपका अध्यक्ष रामबहादुर सुवेदी (आर.के.) एसियन मुलुकको तयारीमा जुटेका छन् ।

‘हालै बेलायतमा ‘पृथ्वी परिक्रमा विशिष्ट नागरिक सम्मान’ कार्यक्रम भव्य रुपमा सम्पन्न भयो अब एसियाली मुलकको कार्यक्रम पनि भव्य बनाउने तयारीमा जुटेका छु’, सुवेदी भने ।

२०७४ सालको बैशाखबाट पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न शक्तिपीठहरुमा राष्ट्रिय झण्डका साथ विश्व परिक्रमाको शुभारम्भ गरिएको सम्मान कार्यक्रम अन्तर्राष्ट्रिय मुलुकमा पहिलो पटक गत असोजमा अरबियन मुलुक युएर्ईमा पुगेको थियो ।

नेपाली समाज यूएई उपाध्यक्ष प्रविणकाजी श्रेष्ठले यूएईमा पनि भव्य सम्मान कार्यक्रम आयोजना गरेका थिए । क्रिशमसको अवसर पारेर बेलायतमा बस्ने समाजसेवी तथा व्यापारी सुरेन्द्रप्रसाद श्रेष्ठले यूरोपियन मुलुकमा विश्व परिक्रमा विशिष्ट नागरिक सम्मान भव्यरुपमा सम्पन्न गरेको थिए ।

विश्व परिक्रमा यात्री सुवेदीले अवार्ड गरेरै गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल भएका हुन भने विश्वभर नेपाली कला संस्कृतिको पहिचान बनाउन महत्वपूर्ण काम पनि गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *