गायक विशाल गौतमको नजाउ रेलिमाई´ को म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । गायक विशाल गौतमको एकल शब्द रचना तथा एकल गायन र संगीत रहेको नया डान्सिङ गीत ` नजाउ रेलिमाई´ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा एरेन्ज भने उदयराज पौडेलको रहेको छ ।म्युजिक भिडियो निर्देशक प्रकाश धितालको आकर्षण निर्देशनमा तयार भएको यस गीतको भिडियोमा नेपालको प्रख्यात डान्स ग्रुप भिमफेदी गाईज र मोडल सृष्टि खड्काको दमदार प्रस्तुती रहेको छ । गीतको भिडियो काठमाडौंको चोभारमा रहेको विपिल्यान्डमा छायांकन गरिएको छ भने भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचेका छ्न भने गीतमा पावन सुस्लिङको सम्पादन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *