मोडलिङ क्षेत्रलाई थप उर्जाशिल बनाउन मोडल सन्जय राज बिक्रम

मानिसमा एउटा न एउटा कला स्वात वर्दान स्वरूप जन्म देखि नै लिएर अाएको हुन्छ भन्ने उक्ति हामी माझ लुकामारी गरेको शायदै नहोला । एउटा क्षेत्रमा ख्याति प्राप्त गर्नु मानिसको उद्देश्य नै हुन्छ अनि त्यही उद्देश्यमा दिनरात नभनि अनावरत रूपमा अगाडि बढ्दा मात्र उद्देश्यानुरूप सफलता प्राप्त हुनेगर्छ । भनाई नै छ नि २ ढुङ्गामा पाइला राख्दा सफलताको चुचुरो चुम्न कठिन हुन्छ तर मनमा इच्छा र चाहना भएमा जस्तो सुकै कठिन भएपनि लगातारको परिश्रम र लगनशिलताले बहुअायमिक उद्देश्यमा सफलताको चुलिमा अाफ्नो बर्चश्व कायम राख्ने प्राय हातमा गन्दा अटाउलान त्यही मुठिभरको गन्तिमा अाउनेको पङ्तिमा पर्न सफल बहुअायमिक क्षेत्रका पर्याय ख्याति प्राप्त मोडल अनि हृष्टपृष्ट एवम शु सगठित शरिरका धनी सन्जय राज बिक्रम गौशाला काठमाण्डौका रैथाने युवा व्याक्तित्व हुन । वि स २०६१ सालमा मोडलिङ क्षेत्रमा थोरै मात्रामा थाहा हुने अनि सहभागिताको स्तर झन दयनिय भएको समयमा पहिलो पाहिला स्वरूप सहभागिता जनाएको कार्यक्रममा बेस्ट मोडलको ताज पहिरिएपछि यश क्षेत्रको प्रवेश सुखद नै मान्नुपर्छ । उनी त्यसपछिका दिनमा यश क्षेत्रमा अाफ्नो योगदान दिन सफल भएका छन् । यश क्षेत्रमा परिवारको साथ सहयोग एवम् निरन्तरको लगनशिल स्वभावका उनि युवापुस्तालाई उत्प्रेरणामुलक एवम् यश क्षेत्रमा अाउन चाहनेलाई उचित सल्लाह अनि अवसरका मार्गहरू देखाउदै मोडलिङ क्षेत्रलाई थप उर्जाशिल बनाउन प्रयत्नशिल देखिएका छन् । मोडलिङ क्षेत्रमा अाफ्नो प्रभुत्व जमाइ विभिन्न प्रतियोगिता सम्पन्न अनि त्यहि मोडलिङमा कुशल कोरोग्राफर बनि तालिम दिई तिनै युवा अहिले सफलताको शिखरमा पुग्न सफल भएका छन । यसका अलावा विभिन्न र्याम्प सो संचालन गरि सबैको धन्यवादका कुशल पात्र बनेका छन ।
शरिरिक रूपमा हट्टा कट्टा अनि सुन्दरतालाई जहिलै ध्यान दिने उनलाई शारिरिक रूपमा हट्टा कट्टा कसरी भयो भन्दा हल्का हासेरै बोल्ने स्वभावका धनी हल्का मन्दमुस्कानका साथ २०७४ चैत्रमा हुने बडि बिल्डिङ प्रतियोगितामा सहभागिता जनाउन लागेको राज खोले । मोडलिङ अनि खेल प्रति दुवै क्षेत्रमा सामजस्यता कायम गर्नु चानचुने कुरा पक्कै होइन । उनिसगको कुराकानिलाइ उचित समय दिन नसकेको दुखेसो पोख्तै गर्दा उनमा जुन जोश जागरको सन्चार हुनुपर्ने हो त्यो भरपुर मात्रमा पाईन्थ्यो । उनिसगको कुराकानि चितवनको एक मोडलिङ प्रतियोगितामा जर्ज बस्न अनि त्यहि समयमा गितको सुटिङको निर्देशनमा उनी ब्यस्थ हुदा पनि उनको मुहारमा गजबको सन्तुष्टि देखिन्थ्यो । बहुअायमिक क्षेत्रमा उनको समय व्यतित भईरहेको परिपेक्ष्यमा परिवारमा अलि समय दिन नसकेकोमा दुखेसो पोख्तै गर्दा मुहारमा हल्का नरमाईलो महशुस गरेको प्रष्टै देखिन्थ्यो तर पनि गहुगोरो बर्णका उनी हल्का फिस्स हास्दै अाफ्नो दैनिकि अगाडि बढाउने जुन अात्मविश्वाश र जोश जागर देखियो त्यो प्राय नगण्य मानवमा देखिने गर्छ ।


हाल विभिन्न मोडलिङ प्रतियोगितामा निर्णायक मण्डलमा रहने उनी लोभलालच र अाफ्नो व्याक्तिगत फाइदालाई नहेरी निश्पक्ष्य ढङ्गले निर्णय दिन पोख्त पनि छन ।यसका अलावा भिडियो गितको निर्देशनमा अाफ्नो प्रभुत्व जमाउन तल्लिन पनि देखिएका उनी बहुअायामिक क्षेत्रमा लाग्ने प्रेरणा अाफ्नो लगनशिलता काम प्रतिको झुकाव र परिवार साथी भाईको साथ र सहयोगले प्रेरणा मिलेको ठान्छन । मोडलिङ प्रतियोगिताहरूमा जर्ज बोलाउने अनि महिनामा मुस्किलले ५/७ दिन मात्र समय दिन सकेको गुनासो गर्दै गर्दा हाल बडी बिल्डिङ खेलमा अाफ्नो लगाव बढि रहेको परिपेक्ष्यमा बडी बिल्डिङ तिर समयलाई व्यावस्थापन गरिरहेको तर कहिलेकाही गितको निर्देशन अनि जर्ज बस्ने निमन्त्रणालाइ नकार्न नसक्दा दुखेसो लाग्ने , समय व्यावस्थापन कठिन भएको कुरा व्याक्त गर्दै गर्दा सुटिङ चलिरहेको गितमा कट भन्दा हामी झसङ्ग पनि भयौ ।
समयको पाबन्दि अनि उचित व्यावस्थापनले समयको सामञ्जस्यतालाइ सन्तुलित बनाउदै उनको दिनचर्या अझै उद्देश्यमुखि हुँदै जाहोस् अनि मोडलिङ क्षेत्रमा जसरी वा वहि प्राप्त गरि कहिलै असफलताको छाया परेन त्यसरि नै खेल क्षेत्रमा अाफ्नो लगनशिलता र परिश्रमलाइ उचित व्यावस्थापन गरि अाफ्नो उद्देश्य प्राप्त गर्न सफल हुन अनि खेल क्षेत्रमा अाफ्ना
अगाडि बढी सकेका पाईला अघि बढुन अगाडि बढेका अग्रस्थानका पाइला नडगमगाउन खेल क्षेत्रमा नाम र दाम कमाउदै अाफ्नो सफलताको शिखर चुम्दै गर्दा समाज अनि देशलाई योगदान दिन सफल हुन कामना गर्दछौ ।
खेलमा कतिको सफलता प्राप्त गर्ने छन त्यो त अब चैत्रमा हुने खेलले निर्धारण गर्ने नै छ। पक्कै पनि हामी खेल प्रेमिले सो खेल हेरेर प्रतिक्रिया दिने नै छौ यो तपाईं हाम्रै दायित्व पनि हुन अाउछ। तालि या गलि भन्ने कुरा प्रत्येक दर्शकले चुक्नु हुने छैन खेल हेरेपछि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *