उज्वल केशी प्रयत्नशिल मोडलको रूपमा उदाउदै गरेका

मोडलिङमा अाफ्नो भविष्यको स्वर्णिम रेखाङ्कन कोर्न अाफ्ना पाइलालाई अगाडि बढाउन प्रयत्नशिल मोडलको रूपमा उदाउदै गरेका र यश क्षेत्रमा केही बनेर सफल हुने पङ्तिमा पर्न सफल नव मोडल हुन उज्वल केशी
अामा शर्मिला र कैलाश केशीका कोखबाट 2000 may 23 मा सर्वप्रथम पाइला टेकेका उनि सितापाइलाका स्थानियवासी हुन ।अहिले सत्रौ वसन्तमा प्रवेश गरेका उनी पढाइ र मोडलिङमा समजस्यता कायम गर्न तल्लिन युवाको पङ्तिमा अग्रणी स्थानमा पर्न सफल भएका छन ।पढाइ र मोडलिङलाई सङ्सगै अगाडि बढाउनु चानचुने कुरा हैन तथापि जहाँ इच्छा त्यहा उपाय भने झै उनी दुवै क्षेत्रमा सन्तुलन राख्न अब्बल ठहरिएका छन् ।मोडल हुन ठूलो कुरा हैन तर सफल मोडल बनेर देखाउनु ठूलो कुरा हो भन्ने मानसिकता बनाएका उनी ५.८ ईन्च अग्ला कदका ६० केजी तौल भएका अनि ६० केजी तौललाइ व्यवस्थापन गर्न जिम जाने सोच बनाएको कुरा व्याक्त गर्छन । ट्रिनिटि कलेजमा १२ कक्षामा अध्यापनरत अनि बोल्न अलि लाज मान्ने स्वभाव भएका उनी Next Super Tops Model Nepal १०१७ मा सहभागी भएपछी लाजलाई जित्न सफल भएको कुरालाई सहर्स स्विकार गर्छन ।
मोडलिङ क्षेत्रको पहिलो पाहिला स्वरूप Next Super Tops Model Nepal २०१७ मा अाफ्नो अलौकिक छाप छाड्न सफल भए । पहिलो सफलता स्वरूप 1st runner up, most handsome, best model को ताजमा प्रभुत्व जमाउन सफल भए ।
पहिलो सफलतामा उनले सोचे अनुरूप नभए पनि त्यस यताका दिनहरूमा मनग्गै अफर अाएका र कति अफरलाई स्विकार गरे भने कति अफर पढाइको बाध्यताले अस्विकार गर्नु परेको दुखेसो पोख्दै गर्दा उनका मुहारमा हल्का नरमाइलो अनुभव भएको प्रष्टैे देखिन्थ्यो ।
पारिवारिक सदस्य यो क्षेत्रमा नभए पनि अाफू प्रतिको अात्मविश्वास निरन्तरको लगाव अनि परिवारको भरपुर सहयोगले यश स्थान सम्म अाउन सफल भएको स्विकार गर्छन र यश क्षेत्र र यहाँ सम्म अाइपुग्नुको श्रेय पहिले पारिवार अनि साथीभाइको हौसला र प्रेरणाले उर्जा सन्चार भएको मान्दछन् । युवा हृदयका प्रिय अनि मोडलिङमा अाफ्नो प्रभुत्त जमाउन तल्लिन हिस्सी परेका अनि खुब लभ अफर अाउछ होला नि भन्दा हल्का लाज लागे झै फिस्स हासेर थोरै लाज अनि गोपनियतालाई भङ्ग गर्न चाहेनन् ।युवा जोस जागर यश क्षेत्र प्रतिको लगाव अनि अाफ्नो प्रभावलाई विस्तार गर्दै लगेका उनी पक्कै पनि नेपाली मोडलिङ क्षेत्रमा नया अायम थप्न सफल हुने छन् ।यश क्षेत्र प्रतिको उच्च लगाव निरन्तरको प्रयासले पक्कै पनि एक दिन सफलताको उच्चतम् श्रेणी चुम्न सफल हुदै गर्दा नाम र दाम दुवैमा राम्रो छाप छाड्न सफल हुने छन साथै मोडलिङ क्षेत्र प्रति समाजको गलत हेराईलाइ चिरफार गर्न सफलता प्राप्त होस् र अाउने दिनहरूमा उद्देश्य प्राप्तिको लागि अनावरत तल्लिन पाइलाहरू नहडबढाउन र कार्य सफलतामा पूर्णता पाउन भन्ने कामना गर्दछौ ।
Repoter:-Sujan Rimal

Leave a Reply

Your email address will not be published. Required fields are marked *