जिज्ञासा : फुटबल खेलाडी कति दौडन्छन् ?

फुटबल खेलको निर्धारित ९० मिनेटको समयमा खेलाडीहरू यताउता गरेर दौडिएको तिमीहरू सबैले देखेका होलाऊ ।फुटबल खेलमा खेलाडीहरूलाई आ-आफ्नो स्थान दिइएको हुन्छ। सोही अनुसार उनीहरूले आ-आफ्नो भूमिका निर्वाह गर्छन्। गोलकिपरको तुलनामा रक्षा पंक्तिका खेलाडीले बढी दौडिनुपर्छ। रक्षापंक्तिका खेलाडीभन्दा बढी मध्यपंक्तिका खेलाडीहरूले र ती सबैभन्दा बढी आक्रमक पंक्तिमा रहेका खेलाडीहरूले दौडिनुपर्छ। फुटबल ग्राउन्डको लम्बाइ सरदर ९० देखि १३० मिटर र चौडाइ ४५ देखि ९० मिटरलाई आधार मानेर युनिभर्सिटी अफ रोमले च्याम्पियनसिप प्रतियोगिता खेल्ने खेलाडीहरूले कति दूरी दौडन्छन् भनेर मापन गरेको थियो। त्यसमा निर्धारित ९० मिनेटमा ११.१ किलोमिटर र पि्रमियर लिग खेल्ने खेलाडीहरूले १०.८ किलोमिटर दौडेको पाइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *