सव-कम्प्याक्ट एसयूभी वर्ष अवार्ड टाटा नेक्सनलाई

एनडीटीभी कार तथा बाइक अवार्डस् २०१८ मा टाटा नेक्सन वर्षकै उत्कृष्ट सव-कम्प्याक्ट एसयूभी घोषित भएको छ । यस वर्ष टाटा मोटर्सबाट सबैभन्दा महत्वपूर्ण प्रक्षेपणका रुपमा रहेको नेक्सन भारतमै निमार्ण गरिएको सव-४ मिटर एसयूभी स्पेस क्षेत्रमा लन्च हुने पहिलो मोडेल हो ।

टाटा मोटर्स्को प्रभावशाली डिजाइन दर्शनमा आधारित चौथो उत्पादन टाटा नेक्सनलाई टाटा मोटसर््ले २१ सेप्टेम्बर, २०१७ मा भारतीय भूमिमा लन्च गरेको थियो । यो नेपालमा पनि आइसकेको छ ।टाटा नेक्सनमा रहेका केहि भागका डिजाइनहरु ल्याण्ड रोभर मोडेलहरु, विशेष गरी रेञ्ज रोभर इभोक बाट प्रेरित रहेकोछ । कर्भ डिजाइन, पृथक स्टाईल र स्मार्ट फिचरहरुका साथ नेक्सनले कम्प्याक्ट एसयूवी स्पेशको वर्गमा नयाँ आयाम ल्याएको छ ।

स्टाईलिङ्ग डुअल कलर विकल्पमा उपलब्ध यस कारमा भएका केहि नवीन र चाख लाग्दो स्टाईल तत्वहरुले यस कारको लुक्स्र शोभा अझ बढाएको छ । प्रोजेक्टर हेडल्याम्पस्, एलइडी डे टाइम हेडल्याम्प र एलइडी टेलल्याम्प तथा १६ ईन्च एलोय व्हृिल जस्ता यस कारका महत्वपूर्ण विशेषताहरु हुन् ।

कारको क्याबिनमा रहेको उच्चस्तरीय इन्टेरिएर, उत्कृष्ट फिट र फिनिसका साथै सर्वोत्कृष्ट ड्यासबोर्डले यस कारलाई थप आकषिर्त बनाएको छ । यस कारको दुई मुख्य विशेषता भनेकै यसमा रहेको ड्यास टप एच्डी इन्फोटेन्मेन्ट डिस्प्ले र मल्टी-ड्राईभिङ्ग मोड सिस्टम रहेको छ ।

टाटा मोटर्स्ले टाटा नेक्सनलाई नेपाली बजारमा चाँडै लन्च गर्ने लक्ष्य लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *