युएई मरुभूमिको देश हो, यहाँ माटो होइन बालुवा पाइन्छ । अन्सिजन होइन बेसी कार्बोहाइड्रेट पाइन्छ । यहाँ बर्षाद होइन खडेरी पाइन्छ । यहाँ पालुवा होइन ऐजेरु पाइन्छ । यहाँ बिकराल प्रतिकुल बोकेको मौसम पाइन्छ, जो गर्मीमा उडिरहने चराहरु खस्छन, जाडोमा बगिरहने पाइपका नालाहरु तुसारोले जमेर पानी बन्द हुन्छन ।
तर पनि सवै प्रतिकूलताहरु चिरेर आजको बिकशित दुनियाँमा विश्व व्यापारिक केन्द्र बनेको छ युएई । नव बिकशित मुलकको अग्रस्थानमा रहेर तिब्र बिकाशको रफ्तारमा कुँदि रहेको छ, यो बालुवाको शहर । जहाँ विश्वभरका मानिसहरु पसिना बगाउछ्न यो शहरमा ।बालुवामा पानी पोख्दा अर्थ रहदैन भन्नेहरुलाई झुटो साबित गरेको छ यो मरुभूमिले । यहाँ अग्ला टावरहरु मात्र ठड्याइन्न, संसारका मानिसहरुलाई आकर्षित गर्न बालुवालाई सिंगारिएको छ र पर्यटन स्थलका रुपमा पनि त्यतिकै बिकाश गरेको छ।
त्यहि पर्यटन बिकाशको एउटा नमुना ‘फूलहरुको बगैचा” बारे चियो गरौ । युएईको दुबई शहरमा रहेको मिराकल गार्डेन विश्वमै चर्चित बगैचा हो। उक्त मिराकल गार्डेन फुलैफुलहरुको बगैचा हो।विश्वकै ठुलो नेचुरल बगैचा मध्यको एक हो ‘मिराकल गार्डेन’। गार्डेनमा विभिन्न प्रजातिका फूलहरुको कलेक्सन रहेको छ। ४५ मिलियन फूलहरुको कलेक्सन रहेको छ। बिशेष गरि १०९ मिलियन फूलहरु रोपिएको छ । फूलहरुको लागि दैनिक सरदर ७५७,०८२ लिटर पानी प्रयोग हुनेगर्छ।दुनियाँलाई मनमोहित पार्ने उक्त गार्डेन अंग्रेजी बर्ष २०१३ भ्यालेन्टाइन डेको दिन उद्घाटन गरिएको थियो। गोलाकारको बगैचामा प्रवेश गर्न ३ ओटा प्रवेश द्वारहरु छन् । ७२ हजार बर्ग मिटर क्षेत्र ओगटेको बगैचामा विभिन्न आकृतिमा नेचुरल फूलहरु सजाइएका छन्।