एन्जिला गौचन साङ्गेतिक क्षेत्रमा पुन: आगमन सङ्गै लिएर आइन त्यो पहिलो नजर

मुस्ताङको थासाङ गाउँपालिकाको घाँसा घर भई नेपाली सांगीतिक क्षेत्रमा फरक पहिचान बनाउन सफल भएकी कलाकार एन्जिला गौचननले नयाँ साँगेतिक कोसेली लिएर आएकी छन् । २०५६ सालदेखि निरन्तर नेपाली संगीत क्षेत्रमा क्रियाशिल रहेकी कलाकार एन्जिला सानै उमेरदेखि गीत संगीतमा लागेकी थिइन् । उनले अहिले एक पछि अर्को सफलता हाँसिल गरिरहेकी छन् ।साङ्गेतिक क्षेत्रमा चिर परिचित गायिका एन्जिलाले आफ्नो अर्को एल्बम सार्वजनिक गरेकी छन् । ‘एन्जिला’ नामक एल्बम उनले सार्वजनिक गरेकी हुन् । यस एल्बममा ७ वटा गीत समावेश छन् । जसमा सोहन मानन्धर, कल्यान सिंह, राजेश श्रेष्ठ, प्रतिक थापा, बिक्रम थापा, धुर्व थापा, अरुण तिवारी, निर्माण योन्जन, आचार्य प्रभा, प्रमोद शेरचन र उषा शेरचनको शब्द तथा संगीत रहेको छ । गीतहरु क्लब, सेन्टिमेन्टल, फ्युजन, लोकपप, आधुनिक, पप सबै मिक्स रहेका एन्जिलाले बताइन् । साहित्यकार उषा शेरचन, लोकप्रिय गायिका कुन्ति मोक्तान र मिडियाक्रमी सहेन्द्र श्रेष्ठको आथित्यमा एन्जिलाले आफ्नो एल्बम एन्जिला विमोचन गरेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *