“मिस एण्ड मिसेस ग्यालेक्सी नेपाल २०१८” को अडिसन फाल्गुन ५ गते शनिबार हुने

काठमाडौँ : दक्ष्य इन्टरनेशनल प्रालिको आयोजनामा “मिस एण्ड मिसेस ग्यालेक्सी नेपाल २०१८” हुने भएको छ l बिगत केहि बर्ष देखि सौन्दर्य प्रतियोगिताहरु आयोजना गरेर ख्याति कमाउन सफल दक्ष्य इन्टरनेशनल प्रालिले अन्तराष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगिता “मिस एण्ड मिसेस ग्यालेक्सी नेपाल २०१८” को पहिलो सिजन सुरु गर्न लागेको हो l यस प्रतियोगिताको अडिसन यहि आउदो फाल्गुन ५ गते होटल रानीमहल बानेश्वरमा हुन लागेका यस सस्थाका प्रबन्ध निर्देशक टेकराज पाण्डेले बताए । उक्त प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ पच्चीस दिन लामो विशेष प्रशिक्षण प्रदान गरिने छ जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् । प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागि गराइने भएको छ । प्रतियोगीहरुले आफुले सिकेको ज्ञानहरुलाई समाजमा प्रतिश्प्रधा गर्न अनि आफ्नो आत्मा बिश्वास बढाएर भोलिको दिनमा आज सिकेको कुराहरुलाइ उपयोग गर्न सक्ने बनाउनुनै लक्ष्य रहेको आयोजक टेक राज पाण्डे बताउछन l
यस सौन्दर्य प्रतियोगीताले नेपाली युवा युवतीहरु बीच व्यक्तित्व विकास र आफु संग भएको प्रतिभा प्रस्फुटन गरि समाजमा एक प्रकारको सकारात्मक सन्देश दिन सफल हुने कुरामा उनि बिस्वस्त छन् । इच्छुक प्रतियोगीहरुले दक्ष्य इन्टरनेशनल प्रालिको कार्यलय नया बानेश्वर तथा होटल रानीमहल नया बानेस्वर बाट फर्म लिएर भाग लिन सक्नेछन l सम्पर्क ठेगाना:

Leave a Reply

Your email address will not be published. Required fields are marked *