प्लस साइज मोडलिङको भबिष्य राम्रो हुदै गएको मोडल सिर्जना महतले बताएकी छिन l

: नेपालमा भर्खरै मात्र सुरु भएको प्लस साइज मोडलिङको भबिष्य राम्रो हुदै गएको मोडल सिर्जना महतले बताएकी छिन l भर्खरै मात्र सम्पन्न भएको “सुपर प्लस साइज मोडल २०१८” मा सेकेण्ड रनरअप र मिस चार्मिङको टाइटल जित्न सफल भएकी मोडल सिर्जना महत मेडिकल फिल्ड हुदै मोडलिङमा प्रवेश गरेकी नब मोडल हुन l प्लस साइज मोडल भन्ने बित्तिकै मोटो भद्दा शरीर भएका युवा युवतीलाई सोच्ने तरिका बिस्तारै परिबर्तन भएको कुरा मोडल महत बताउछिन l

Shreejana Mahat

काठमाडौँको स्थायी बासिन्दा सिर्जना महत पेशाले नर्स हुन भने अहिले शहिद मेमोरियल हस्पिटलमा (म्याट्रोन) नर्सिङ डाइरेक्टरको रुपमा कार्यरत छिन l आफ्नो बच्चा उमेर देखिको रहर इच्छा पुरा गर्न तथा नेपाली समुदायमा मोडलिङ क्षेत्र प्रतिको सोचलाई परिबर्तन गर्दै प्लस साइज मोडलहरुको लागि एउटा मार्गदर्शन बन्ने उदेश्यका साथ यो क्षेत्रमा प्रवेश गरेकी मोडल महत मोटोपनलाई हेल्दी बडीका रूपमा बुज्नु पर्ने बताउछिन l मोटोपन भद्दा नभई शारीरिक सौन्दर्यको अर्को रुप भएको उनको भनाइ छ । मोटोपनसँगै पनि हरेक मानिस फिट एवं स्वस्थ रहन सकिन्छ भन्ने उनको बुझाइ छ ।

Shreejana Mahat

सुपर प्लस साइज नेपाल २०१८ को सेकेण्ड रनर अपको उपाधि जितेसँगै आफ्नो प्लस साइज सुन्दरताप्रति अझ बढी गौरव महसुस भएको बताउने सिर्जना मोटोपन कमजोरी नभएर यो सौन्दर्यकै अर्को पाटो भएको दाबी गर्छिन् । शरीर मोटो हुँदैमा कसैको आत्मविश्वास, प्रतिभा र बौद्धिक क्षमतालाई कम आँकलन गर्नु गलत हो भन्छिन् मोडल सिर्जना महत ।

Shreejana Mahat

आफूमा विश्वास छ र दृढ निश्चयका साथ आफ्नो उद्देश्यमा निरन्तर लाग्न सकियो भने संसारको कुनै पनि तागतले कसैलाई रोक्न–छेक्न सक्दैन भनेर आफु जस्तै प्लस साइज भएर अरुलाई प्रेरणा बाड्न चाहने उनि । नेपालमा प्लस साइज मोडलिङको बारे सबैमा ज्ञान नभएको पाइन्छ । मोडल भन्ने बितिकै चिटिक्क जिउडाल भएको सुन्दरीको अर्थमा बुझ्ने गरिन्छ । अझ मोटी केटीहरुले आफुलाई व्यवसायिक मोडलको रुपमा स्थापित गर्न सक्छन् भन्ने बारे चाहिँ निकै कम नेपालिहरुलाई मात्र थाहा भएको विषय हो । तर विश्वमा यो ट्रेण्ड फेशनको बजारमा राम्रो स्थान पाउन थालिसकेको छ । ठुला तथा ब्रान्डेड कम्पनीहरुले पनि प्लस साइज मोडललाई आफनो व्यापार प्रचार प्रसार र प्रबर्धनमा प्रयोग गरेको पाइन्छ र चलचित्र, म्युजिक भिडियोमा समेत प्रसस्तै देख्न सकिन्छ। त्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *