मिसेज बिउटिफुल पौष २३ गते राष्ट्रिय नाचघरमा फाइनल हुने

काठमाण्डौं । दक्ष इन्टरनेशनल द्धारा आयोजित मिसेज बिउटिफुल नेपालमा सहभागि प्रतियोगीहरुको बिभिन्न क्लासहरु भैरेको जानकारी आयोजकले दिएका छन् । यहि पौष २३ गते राजधानीको जमल स्थित राष्ट्रिय नाचघरमा फाइनल हुने भएको उक्त कार्यक्रमको कोरियोग्राफी चर्चित कोरियोग्राफर अश्विनि झाले गर्नु भएको छ । मोडलिङको क्षेत्रमा आफ्नो करियर बनाउन भनि भागलिएका प्रतिस्पर्धी मिसेज बिउटिफुलमा ११ जना सहभागिहरु लाई गुणस्तरिय र प्रभावकारी ट्रैनिङ, पब्लिक स्पिकिङ, स्वास्थ्य सम्बन्धि जानकारी, डान्स तथा जुम्बा क्लासका साथै मेकअप क्लास जस्ता बिभिन्न क्लासहरु प्रदान गरिरहेको जानकारी दक्ष इन्टरनेश्नलका सिइओ टेकराज पाण्डेले गराउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *