हुर्रेको गीतमा नीताको आईटम : तर कोरियोग्राफी …

कमेडी फिल्म हुर्रेमा समावेश आईटम गीत सार्वजनिक भएको छ ।

हिरोइन नीता ढुंगानालाई मुख्य फिचर गरिएको गीतमा राजाराम पौडेल देखि लिएर बिजय बराल तथा अंकित खड्का पनि देखिएका छन् ।

फाल्गुन २५ देखि सार्वजनिक प्रर्दशनमा आउँने यस फिल्मलाई राज्जा रानी फिल्मबाट डेब्यू गरेका निर्देशक यम थापाले निर्देशन गरेका हुन जसमा दावा शेर्पा,छिरिङ दोर्जे लामा र सोनम लामा ब्लनको संयूक्त लगानी छ ।

सार्वजनिक गीतमा काली प्रसाद बासकोटाको संगीत छ भने गायनमा पनि काली सहित झुमा लिम्बुको स्वर छ । रचना पनि काली र एकतारेको हो । कोरियोग्राफी चाँहि विक्रम स्वार हो जो लुट २ फिल्मबाट फिल्म नगरीमा प्रवेश गरेका हुन ।

अब प्रसंग कोट्याउँ गीतको मात्र : यो गीतको सवै भन्दा अब्बल पक्ष भनेको फिमेल भ्वाईस हो । अर्थात महिला गायिका झुमा लिम्बुको गायन शैलीनै यो गीतको सवै भन्दा अब्बल पक्ष बन्दिएको छ । यी बाहेक छायाँकन, कोरियोग्राफी सम्पादन र संगीत पक्ष औषत मात्र हुन ।

गीतलाई ध्यान दिएर हेर्ने हो भने मुख्य कमजोर पक्ष क्यानभाष तथा कोरियोग्राफी बनिदिएको छ जसले गर्दा यो गीत सुन्दा भन्दा हेर्दा अझै खास लाग्दैन । किन कि यो गीतको कोरियोग्राफीको सेटिङ समान्य बजेटमा बन्ने म्यूजिक भिडियोको भन्दा माथि छैन ।

hurrey

अर्थात यस्ता आईटम नम्बरका गीतमा स्टेप संगै पर्याप्त मात्राको स्पेश, कोरस, क्राउड र प्रप्स संग खेल्नु पर्ने हुन्छ तर यो गीतमा डान्स स्टेप त छ बाँकीका अन्य चिजमा चाँहि पूर्ण कमि देखिन्छ त्यसकारण यो गीतको अडियो भन्दा भिजुअल पक्ष अझ कमजोर बनिदिएको हाम्रो तर्क छ । गीतमा हिरोइन नीताले राम्रै संग कम्मर मर्काउदै ग्ल्यामर पस्किन खोजेकी कि त छिन् तर उनका ती सवै मिहिनेतमा आँखालाई अलि आनन्द आउँदैन । ।

यध्यपी बजारमा आईरहेका अन्य फिल्मी गीत भन्दा यो गीतको टेष्ट चाँहि केही फरक छ त्यसकारण यो गीतले नेपालको म्यूजिक मार्केटको कुनै कुनामा कुनै एक न एक प्रकारको स्थान नबनाउँला भन्न चाँहि सकिन्न । बताईए अनुसार यो फिल्मकी मुख्य हिरोइन केकी अधिकारी हुन भने नीतालाई चाँहि अतिथि कलाकारको रुपमा मात्र यो आईटम गीतमा खेलाईएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *