धेरै प्रदेशीलाई रुवाउन आए फेरी प्रशान्त लाहुरे लिएर (भिडियो सहित)

लोकप्रिय गायक तथा सर्जक प्रशान्त पौडेल फेरी सबैको मन छुने गीत लिएर आउने भएका छन । आज सार्वजनिक हुने गीतको केहि भाग सार्वजनिक गर्दै प्रशान्तले सो जानकारी दिएका हुन ।

उनले अब सार्वजनिक गर्न लागेको गीत समेत सबैको मन छुने खालको रहेको छ । प्रदेशीने नेपालीहरुको पिडालाई टपक्कै टिपेर गीत बनाएका लाहुरे बोलको सो एल्वमको सम्पुर्ण तयारी पुरा भएको साथै विगतका गीत जस्तै यो गीतलाई पनि सबैले माया गरिदिनेमा आफु आशावादी रहेको पौडेलले बताउनु भयो । गीत सिर्जना,गायन तथा निर्देशन समेत पौडेलकै रहेको सो गीतको प्रोमो हेर्दा गीत निकै उत्कृष्ट भएको अनुमा लगाउन सकिन्छ ।

गीत मा पौडेलले निकै सुमधुर शव्द तथा सोहि अनुसारको लय समेत सिर्जना गरेका छन । यसो त ६० लाख भन्दा धेरै नेपालीहरु विदेशमा रहेका छन भने हेरेकका आफ्ना पिडा र बेदना रहेका छन । कसैलाई पनि देश छोडर जाने रहर त हुँदैन तर बाध्यताले विदेशीनु पर्दछ । लाहुरे गीतले यस्तै भावना बोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *