“सुपर प्लस साईज मोडल नेपाल”को ट्यालेण्ट राउण्ड सम्पन्न फाइनल माघ १८ गते हुदै

काठमाडौँ । ओमनिया द हिडन बिउटिको प्रस्तुतिमा तथा युनिभर्सल जुम इन्टरटेनमेन्ट प्रालिको ईभेन्ट ब्यबस्थापनमा “सुपर प्लस साईज मोडल नेपाल–२०१८” सौन्दर्य प्रतियोगिताको ट्यालेण्ट राउण्ड सम्पन्न भएको छ l प्रतिश्प्रधिहरुले आफ्नो आफ्नो कला क्षमता प्रदर्शन गर्दै नृत्य, गित, अभिनयहरु प्रस्तुत गरेका थिए l यस सौन्दर्य प्रतियोगिताको ग्राण्ड फिनाले भने यहि आउदो माघ १८ गते सम्पन्न हुने भएको छ l

“सुपर प्लस साईज मोडल नेपाल” प्रतियोगितामा विभिन्न किसिमका ट्रेनीङहरु प्रदान गरेर दैनिक जिबन तथा सामाजिक जिबनमा आफुलाई आत्मा बिश्वास बढाएर अगाडी बढाउने उपयोगी तथा आत्माबल बढाउने किसिमका मोटिभेशन क्लासहरु दिदै आईरहेको छ l

माघको १८ गते (तेस्रो हप्ता) ग्रान्ड फिनाले हुने यस सौन्दर्य प्रतियोगितामा अबिबाहित तथा बिबाहित युवती तथा महिलाहरुले भाग लिएका छन l यस सौन्दर्य प्रतियोगिता मार्फत प्लस साइज (मोटोपन) को कारणले निराश भएर बसेका, सौन्दर्य र क्षमता भएर पनि सधै पछि परेका अनि आफ्नो मोटोपनले गर्दा आफुलाई एक्सपोज गर्न डराईरहेका महिलाहरुलाई उनीहरुको क्षमतालाइ अभिबृदी गर्दै समाजमा सकारात्मक संदेश फैलाउने उदेश्यले यस प्रतियोगिता गर्न लागिएको ओमनिया द हिडन बिउटिकि संचालिका प्रियंका बोथ्राले जानकारी गराएकि छिन।

प्रतियोगिताका लागि छनौट भएका प्लस साइज सुन्दरीहरुलाई तिब्र रुपमा विशेष प्रशिक्षण प्रदान गरिदै छ जसमा ट्रेनर, कोरियोग्राफर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास, कलाकारिता तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिएको छ । प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा सहित गतिविधीमा समेत सहभागि गराइने जानकारी आयोजक डेभिल सिंह राजपुतले गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *