सपना राईले पहिरिन सुपर प्लस साइजको ताज

ओमनिया द हिडन बिउटिको प्रस्तुतिमा राजधानीको नाचघरमा सुपर प्लस साइज मोडल सौन्दर्य प्रतियोगिता सम्पन्न भएको छ । युनिभर्सल जुम इन्टरटेनमेन्ट प्रालिको ईभेन्ट ब्यबस्थापनमा “सुपर प्लस साईज मोडल नेपाल–२०१८” सौन्दर्य प्रतियोगिता सम्पन्न भएको हो

यस् कार्यक्रमका ईभेन्ट निर्देशक डेभिल सिंह राजपुत रहेका थिए। प्रतियोगितामा निर्णायकको भुमिकामा आजय पोख्रेल राम बाहादुर सुवेदी चादनी शर्मा पुनम गौतम राम लाल सुवेदीले निभाउनु भएको थियो। उक्त प्रतियोगिता “सुपर प्लस साईज मोडल नेपाल–२०१८” को उपाधि सपना राइले जितेकी छन । बिजेता बनेसंगै उले नगद रु ५०,००० सहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेकी छिन । प्रतियोगीतामा बिना लामिछाने फष्र्ट रनरअफ तथा सिर्जना महतले सेकेन्ड रनरअफको अवार्ड जित्न सफल भएका छन । त्यसै गरि मस्ट पपुलरमा रुबी महत्तो र मल्टि मिडिया च्वाईसमा सुजाता शाह काफ्लेले सब टाइटल जित्न सफल भएका थिए ।

अरबिन्द हमाल र रन्जिता भट्टराईको कोरियोग्राफी रहेको प्रतियोगितामा अन्य बिजेताहरुले पनि ओमनिया द हिडन बिउटिको तर्फ बाट गिफ्ट ह्याम्पर प्राप्त गरेको ओमनिया द हिडन बिउटिकि संचालिका प्रियंका बोथ्राले जानकारी गराएकि छिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *