विश्वमा मस्ट ब्युटीफुल करेन्सीमा समावेश भएका मुद्राका डिजाइनर सम्मानित


सुजन रिमाल । नेपालका तीन वटा नोट तथा सिक्का संसार कै सुन्दर अाकृति भएको नोटमा पर्न सफल भएको छ । विश्व प्रसिद्द अन्तराष्ट्रिय समचारपत्र “द टेलिग्राफ”ले “वल्ड मस्ट ब्युटिफूल करेन्सी ” को सूचिमा नेपाली ५ सय , ५ रूपैया र १रूपैयाका नोटहरूलाई संसारका सबैभन्दा सुन्दर नोटको सूचीमा राखेको हो ।विश्वका विभिन्न २२ वटा पैसा मध्ये नेपाली ३ वटा नोट तथा १ सिक्का पनि सुचीमा सूचिकृित भएको हो । नेपाली ५ सयको नोटमा एक जोडी पाटे बाघको चित्र , ५ रूपैयाको नोटमा दुई वटा चौरी गाई , १ रूपैयाको नोटमा कुद्दै गरेका दुई वटा मृगका बच्चाको तस्बिर छ भने २ रूपैयाको सिक्कामा एकापट्टी जोत्दै गरेको किसान र अर्को पट्टि विश्वको सर्वोच्च शिखर सगरमाथाको चित्र अङ्कित छ ।नेपाल सगै बर्मुडाको २ डलरको नोट , ईङ्ल्याण्डको १० पाउण्ड ,स्विजरल्याण्डको ५० फ्रान्क , माल्दिभ्सको १०००रूफियाना , बर्माको १ क्याट , फ्रान्सको ५० फफ्रान्ची, अष्टेलियाको ५ डलर , न्युजिल्याण्डको ५ डलर , नोट र केही अन्य देशका नोट पनि सुचीमा छन् ।नेपाली मुद्रा यसरी विश्व स्तरमा चिरपरिचित भईरहेको परिपेक्ष्यमा यी नोटको उत्कृष्ट डिजाईन कसले गरेको होला ? भन्ने कौतुहलता हामी माझ छ र हामी त्यहि कौतुहलता मेटाउने प्रयास गर्दैछौ । विश्व स्तरमा सुन्दर पैसाको सूचिमा सुचीकृत भए पनि यश पैसामा अाफ्नो कला एवम् देश परिवेशको झल्को दिने स्रष्टालाई पर्दा पछाडी राखेको खण्डमा स्रष्टाको सिर्जना गुमनाम हुनुका अलवा स्रष्टाको मनोबल एवम् सृजनामा पक्कै पनि नकरात्मक प्रभाव पार्छ नै निरन्तरको काम प्रतिको उच्च लगावको कारण नेपाली गौरवान्दित भईरहेको परिपेक्ष्यमा वास्तविक स्रष्टालाइ पर्दा पछाडी धकेलिनु स्वयम् स्रष्टा प्रति अन्याय त हो नै र स्रष्टाको कुशल सिर्जनालाई लत्याएको पनि ठहर्छ । विश्वको सुन्दर करेन्सीको सुचीमा सुचिकृत भएको समाचार छ्यापछ्याप्ती विभिन्न पत्रपत्रिका एवम् संचार माध्यममा गुञ्जयमान भए तर ती मुद्राको डिजाईन गर्ने स्रष्टाको कहि कतै चर्चा परिचर्चा नभई स्रष्टाको सिर्जनालाई लत्याएने कार्य भयो र भईरहेको नै छ । ती स्रष्टाको सिर्जनाको कदर स्वरूप केही भनिनरहन मनले मानेन र स्रष्टाको सिर्जनालाई थप मलजल पुगोस भन्ने अपेक्ष्याले स्रष्टाको थोर बहुत जानकारी पस्किने प्रयास गरेका छौ ।अाफ्नो सिर्जना र परिश्रमले देशवासि अाम नागरिकको गर्वले छाती फुलाउन सहयोग गर्ने स्रष्टा नेपालको तानसेन पाल्पामा जन्म भई हाल राजधानी काठमाण्डौलाई कर्मथलो बनाउदै अाउनु भएका सुन्दर श्रेष्ठ वि.स. २०४३ सालमा निर्माण भएको नेपाली चलचित्र “सन्तान” बाट प्रचार सामग्री डिजाईनको शुरूवात गरेर हाल सम्म १२०० भन्दा बढी चलचित्रको प्रचार सामग्रीको अत्यन्त सफलतापुर्वक निर्माण गर्नुभएको छ । नेपाली चलचित्रको श्रीवृद्दिमा पुर्याउनु भएको योगदान प्रशंसायोग्य तथा अविस्मरणिय रहि अाएको छ । वि. स. २०५६ सालमा नेपाल राष्ट बैकले निष्काशन गरेको रू२५ र रू२५० को कागजी नोटका साथै हाल चलनचल्तीमा रहेका नोट तथा सिक्काको डिजाइनमा वहाको सीप र सिर्जना कदर योग्य रहेको परिणाम स्वरूप विश्वको सुन्दर मुद्रामा सुचिकृत हुन सफल भएको छ । स्रष्टा सुन्दर श्रेष्ठको साधना , श्रम सीप र सिर्जनालाई कदर कर्दै द टेलिग्राफले वल्ड मोष्ट ब्युटिफुल करेन्सीको सुचीमा नेपालको नोट र सिक्कालाई उत्कृष्ठ ठानेकोले देशवासीलाइ गर्व गर्ने अवसर मिलेको छ तर हामी अाम जनता यी स्रष्टाको बारेमा बेखबर हुनु दुर्भाग्य नै मान्नुपर्छ । विभिन्न समाचार माध्यममा उत्कृष्ठ नोटको सूचीमा पर्न सफल भनेर भाईरल हुने समाचारमा वास्तबिक स्रष्टालाई भुल्नु अझ भनौ जानेको नजानेई गर्नु र खोज खबर नहुनुलाई सानो घटना र परिघटना मान्न सकिने अवस्था छैन । सहि मानेमा स्रष्टालाइ उसको सिर्जनालाई थप मलजल एवम् उर्वराशिल बनाउन स्रष्टालाई पर्दा पछाडी उभ्याउनु कथम कदाचित सहि हैन र हुने पनि छैन र हामी सचेत नागरिकले स्रष्टाको सिर्जनालाई अझ सिर्जनशिल बनाउन साथ र सहयोग गर्नु कर्तव्य पनि हुने छ ।नेपाली कला , संस्कृति , चलचित्र , नोट र सिक्का अादीमा विशेष कलाको प्रयोग गर्दै नेपालको प्राकृतिक सुन्दरता ,नेपाली गौरव एवम् पहिचानलाइ विश्व जनमानसमा पुर्याउन सफल हुनु भएका स्रष्टा सुन्दर श्रेष्ठको सिर्जनाको उच्च कदर एवम् मुल्याङ्कन हामी सम्पुर्ण देशवासीले गर्नैपर्छ । अाम जनमानस एवम् राष्ट नै बेखबर भईरहेको परिपेक्ष्यमा अाज( २०७४/१२/ १८ अाईतबार )कुमारी हलमा काया फिल्मको सहकार्यमा काया फिल्मकी प्रमुख श्वेता खड्का , कान्छी फिल्मका निर्देशक अाकाश अधिकारी एवम् नेपाली राजनितिज्ञ पुष्प कमल दाहाल “प्रचण्ड” लाल बाबू पण्डित लगायतको उपस्थितिमा प्रचण्डले सम्मान वितरण गर्नुभएको छ । काया फिल्मको यो प्रयासले पक्कै पनि थप उर्जा र हौशला प्रदान गर्ने नै छ । यत्रो समाचार बनेर अाउदा गुमनाम राखिएका डिजाईनरलाई यश सम्मानले पक्कै पनि वहाको सिर्जनालाई प्रचार प्रसार एवम् मलजल पुर्याउन कोशे ढुङ्गा सावित हुने छ । स्रष्टाको निरन्तरको अथाह साधना , सेवा र कर्मले निरन्तरता पाइरहदै गर्दा सफलताको शिखर चुम्न सफल हुनुहोस हाम्रो शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *