लोकप्रिय गायक सुर्य खड्काको घरमा आइन विहानी

जापानमै रहेर नेपाली गीत संगीतमा तहल्का मच्चाइ गीत संगीतमा सफलता पाइरहेका सर्जक तथा गायक सुर्य खड्कालाई पुत्री लाभ भएको छ । खड्काले आज आफ्नो सामाजिक सञ्जाल छोरीको फोटो सहित त्यो कुरा जानकारी दिएका हुन । उनले छोरीको नाम समेत विहानी राखेका छन । उनको त्यो जानकारीलाई धेरैले लाइक र शुभकामना दिइ स्वागत गरेका छन ।

सांगीतिक यात्राको यो बाटोमा छोरीको आगनम सँगै अझ धेरै सांगीतक सफलता पाउनेमा आफु आशावादी रहेको खड्काले बताउनु भयो । उनकी विहानी दोस्रो सन्तान हुन भने यस अगाडी खड्का एक छोरीको बाउ बनि सकेका छन ।

खड्कालाई यति ठुलो खुसि दिने संगीता रावल खड्का हुन । उनले आफ्नो सामाजिक सञ्जालमा जीवन संगीनि प्रति धेरै माया दर्शाएका छन । खड्काका अनुसार अहिले दुवैको स्वास्थ्य अबस्था राम्रो रहेको छ ।

गीत संगीतमा अनुशासीत तथा मेहनती गायक तथा सर्जक भनेर चिनिने खड्का निकै मिजासीला गायक भित्र पर्दछन । उनको भर्खर मात्र पोखरमा फेवा बोलको गीत सार्वजनिक भएको छ भने त्यो गीतको चर्चा समेत चुलिरहेको छ । जापानमै बसेर नेपाली गीत संगीतलाई निकै माया गर्ने खड्कालाई प्रदेशी गायक भनेर पनि चिन्ने गर्दछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *