राजेश र सृष्टिले हात पारे मिस्टर एण्ड मिस चितवन मोडलको ताज

राजेश र सृष्टिले जित्न सफल भए मिस्टर एण्ड मिस चितवन मोडलको ताज

काठमाडौँ : मोडल सङ्स नेपालको प्रस्तुती एवं युनीभर्सल जुम ईन्टरटेन्मेन्टको व्यबस्थापनमा आयोजना भएको मिस्टर एण्ड मिस चितवन मोडल २०१८ को ताज राजेश र सृष्टिले जित्न सफल भएका छन। विजेताहरुले उपाधी सहित नगद ४०/४० हजार तथा विभिन्न गिफ्ट ह्याम्पर समेत प्राप्त गरेका थिए । त्यस्तै, फस्ट रनर अपमा अस्मिता नेपाली र सेकेण्ड रनरअपमा सृजना गिरीले उपाधी जित्न सफल भएका थिए ।

चितवनको भरतपुरस्थित वी.पी. क्यान्सर हस्पिटलको सभाहलमा आयोजित ग्राण्ड फिनाले कार्यक्रममा निणार्यक तर्फ संचारकर्मी राज लुईटेल, मोडल तथा बडि विल्डर संजय राज बिक्रम, मोडल सनी निधि र रुवी महतो रहेका थिए ।

उक्त प्रतियोगितामा चितवनका चर्चित डान्स ग्रुप तथा विभिन्न स्थानीय कलाकारहरुले आफ्नो आकर्षक प्रस्तुति दिनुका अलवा जिल्लाको पहिचान बनाएको सास्कृतिक पोशाकमा उपस्थिति जनाएका थिए । सो कार्यक्रमको कोरियोग्राफर रब्स सापकोटाले गरेका थिए भने असिस्टेन्ट कोरियोग्राफर अरबिन हमाल रहेका थिए ।

युवा युवतीहरूको व्यक्तित्व विकाश ,आत्मविश्वाश अभिवृद्दि,क्षमता उजागर लगायत नेतृत्वदायि क्षमताको विकाश साथै उच्च शिक्षाको अध्ययनका लागि सहयोग पुर्याउने र समाजमा उपयोगि जिम्मेवार व्यक्तिको रूपमा अगाडि बढ्न सहयोग गर्ने हेतुले यो कार्यक्रम आयोजना गरिएको आयोजकले जानकारी गराएको छ । प्रतियोगिहरुलाई स्टेज पर्फमेन्स, क्याटवाक लगायत व्यक्तित्व विकासका प्रशिक्षण कुशल कोरियोग्राफर रब्स सापकोटा र असिस्टेन्ट कोरियोग्राफर अरबिन हमालले गुर्मिङ गराएका थिए ।

कार्यक्रमको प्रत्यक्ष प्रसारण आभाष टेलिभिजनमा प्रसारण गरिएको थियो भने रेकर्डेड काष्ठमण्डप टेलिभिजन र युटुयुब मार्फत हेर्न सकिने आयोजक डेभिल सिंह राजपुतले बताए । ईभेन्ट व्यबस्थापन समेत कोरियोग्राफ रब्स सापकोटाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *