राईजिङ मलको भव्य सभाहलमा पत्रकार सम्मेलन मार्फत ट्रेलर र पोष्टर सार्वजनिक

राईजिङ मलको भव्य सभाहलमा अाज (माघ ९ गते ) भव्य समारोह बिचमा “कान्छी ” फिल्मको पत्रकार सम्मेलन गर्दै ट्रेलर एवम पोष्टर सार्वजनिक गरिएको छ ।सार्वजनिक गरिएको ट्रेलरलाइ पत्रकार एवम् अाम मानव समुदायले रूचाए । एक्सन, प्रेम, रोमान्स कमेडीले भरिपुर्ण ट्रेलरमा अभिनेत्री श्वेता खड्का, दयाहाङ राई ,विनोद न्यौपानेको शशक्त भुमिका देख्न सकिन्छ । समारोहमा अाकाश अधिकारी, श्वेता खड्का अादी कलाकारको उपस्थितिमा सो कार्यक्रम अायोजन गरिएको थियो ।अाकाश सो अवसरमा निकै प्रफुल्लित देखिएका र अाम उपस्थित सब‌ैलाई स्वस्फ्रुत रूपमा कुराकानि एवम् संवादमा व्यस्थ देखिन्थे । उता श्वेता खड्का पनि पति वियोगका पिडालाई भुल्दै हल्का मुस्कानका साथ सबैसग प्रफुल्लित मुद्रामा अभिभादन गर्दै सहजताका साथ उपस्थित हुनु पक्कै पनि नेपाली फिल्मी नगरीमा थप उर्जाशील नायिकाको सुखद अागमन भएको देख्न सकिन्थ्यो । तर स्वर्गीय पतिको बारेमा पत्रकारले प्रश्न तेर्साइदिदा भावुक बनेको प्रष्टै देखिन्थ्यो ।
विभिन्न फिल्म निर्देशन गरि खारिएको प्रबुद्द बर्गको अनि नेपाली समाजलाई अाफ्नै अाखाले नियाली सोही दृश्य एवम् परिदृष्यलाइ फिल्ममा सजिव एवम बडो रोमान्चकताका साथ प्रस्तुत गर्न सफल निर्देशक अाकाश फिल्म राम्रो बनबनेको र फिल्म एक पटक हेरिदिएर प्रतिक्रिया दिनुहुन अनुरोध गर्दै गर्दा उनमा जुन जोश जागर अनि फिल्म नगरीमा जुन अाफ्नो छुट्टै प्रभाव छाड्न सफल त थिए नै त्यसैेको पर्याय प्रस्तुत फिल्म बनेको अाशय व्याक्त गरे ।
अाकाश अधिकारीद्वारा निर्देशित फिल्ममा दया र श्वेताका अतिरिक्त अनु शाह , भुमिका श्रेष्ठ, नीर शाह, प्रज्वल सुजल गिरी लगायतको मुख्य भुमिका छ । फिल्मको सम्पुर्ण छायाङ्कन मुस्ताङको लेटेमा गरिएको जानकारी सो बखत दिइयो ।सो अवसरमा अभिनेत्री श्वेता पिङ्क गाउनमा उपस्थित भइन उनि अाकर्षणको केन्द्रबिन्दु बनेकी प्रष्टै देखिन्थ्यो ।
कार्यक्रममा निर्देशक अधिकारीले दर्शक र फिल्म बिचमा पुलको भुमिका निर्वाह गरिदिन अाग्रह गरे साथमा चलचित्र कान्छी भन्ने बित्तिकै श्वेता कान्छीको रूपमा जन्म लिएर अाइरहेकी छिन श्वेतासगको सविनय भेट कान्छी भएको व्याक्त गरे ।
काया फिल्म प्रा• लि• र बुम रेमिटको ब्यानरमा निर्मित यश फिल्ममा पुरूषोत्तम प्रधानको छायाङ्कन,यम थापाको कथा ,रामशरण कोइरालाको सहायक निर्देशन, भुपेन्द्र अधिकारी बनिष शाहको सम्पादन,सम्भोजित बास्कोटा राजनराज शिवाकोटी र अर्जुन पोख्रेलको संगित र वसन्त श्रेष्ठको नृत्य रहेको छ । फिल्ममा समावेश चरी चट्ट परी बोलको गित दर्शक दिर्घामा अहिले हिट छ ।
फाल्गुन ४ गते रिलिज हुने कान्छी फिल्म हेरेर प्रतिक्रिया दिन अाम दर्शकले चुक्नु हुनै छैन ।नेपाली फिल्मलाई सदैव माया गरौ फिल्म सोचे भन्दा बढी चलेर दर्शकदिर्घाको मन जित्न सफल होस् साथै अाउदा दिनहरूमा नेपाली फिल्म नगरीलाई अझ चुलि सम्म पुर्याउन सफल हुँदै गर्दा नेपाली फिल्म प्रतिको युवायुवतिको वितृष्णालाई चिरफार गर्न सफलहोस् कामना अनि शुभकामना दिन चाहन्छौ र फाल्गुन ४ गते रिलिज भएपछी बाकी फिल्म कस्तो बन्यो भन्ने कौतुहलता पक्कै पनि रिलिजपछी ज्ञात हुने नै छ प्रतीक्षा गरौ प्रतिक्षाको फल पक्कै मीठो हुने छ ।
दर्शक नै भगवान हुन अनि नेपाली फिल्मलाई माया गरिरहने दर्शकले पक्कै पनि ४ गते सम्म पर्खनु हुनेछ साथै हामी सचेत नागरिकले फिल्मका कमि कमजोरी दोष या खोट अनि ताली र गाली दिने पङ्तिकारहरूले पक्कै यो फिल्म हेरेर व्याक्त गर्नुहुनेछ ।
अाशा गरूम फिल्मले यश फिल्म नगरीमा गहिरो छाप छाड्ने नै छ ।
News Repoter :-Sujan Rimal

Leave a Reply

Your email address will not be published. Required fields are marked *