मोडलिङ क्षेत्रमा चर्चा र ख्याति बटुल्दै बहुमुखी प्रतिभाका धनि – मन्दिप पौडेल

सुजन रिमाल । एक सफल एवम् कुशल मोडलको रूपमा प्रतिस्पर्धात्मक मोडलिङको क्षेत्रमा अाफ्नो छुट्टै अस्तित्व कायम गर्न सफल मोडल हुन मन्दिप पौडेल । हरिवन सर्लाहीका स्थानियवासी उनी हाल काठमाण्डौलाई कर्मथलो बनाई मोडलिङ क्षेत्रमा छाइरहेका प्रतिभा हुन् । सानै उमेर देखि मोडलिङ ,कला , र अभिनयमा रुचि राख्दै व्यावसायिक मोडलिङ क्षेत्रमा प्रवेश गरेका हुन । स्कुले जिवनमै गित बजे पछी कम्मर मर्काएर जानी नजानी नाच्ने गर्दै गर्दा यश क्षेत्र प्रतिको मोह टुसाएको ठान्ने उनी अहिले अाधा दर्जन भन्दा बढी म्युजिक भिडियोमा अाफ्नो अभिनयको प्रतिभा पस्किसकेका छन् । भिडियोमा सफल अभिनय गरेका उनी हेर्दा पनि त्यतिकै अाकर्षक छन् ।अझ अाकर्षणको केन्द्रबिन्दुलाई मान्ने हो भने कपाल र दारीको खुब सोखिन भएको पाउन सकिन्छ । कपाललाई विभिन्न स्टाइल अनि दारीको सोही अनुरूपको स्टाइल बनाउदै दारी र कपाल दुवैको स्टाइलमा सामञ्जस्यता कायम गर्न सोखिन र माहिर पनि छन् । मुख्य रूपमा उनको दारी र कपालको स्टाइल हेर्दा जो कोही अाकर्षित हुने स्टाइल अात्मसात गर्छन भन्दा अत्युत्ति नहोला ? शारिरिक रूपमा हेर्दा पनि ५.७ इन्च अग्ला कद भएका, मिलेको सुगठित शरीर , प्राय मन्द मुस्कानका साथ बोल्ने स्वभाव , अाकर्षक अनुहार (चकलेटी ) भएका उनी बोली बचन सुमधुर , अनि अभिनयमा उत्तिकै पोख्त पनि छन् । भबिष्यमा एक अब्बल कलाकार बनेर नेपाली चलचित्र तथा सिने नगरीमा सफल कलाकारको रूपमा अाफूलाई उभ्याउदै सोही अनुरूपको परिचय कायम राख्ने उद्देश्यलाइ केन्द्रबिन्दुमा राखी अघि बढेका प्रतिभा हुन् र सोही बमोजिम अथक मेहनत गरिरहेका प्रतिभावान मोडल हुन् । अाफ्नो कला र स्वयम् अाफूलाई समयको माग र परिवेश अनुकुल फेर बदल गर्दै दर्शक र श्रोताहरूको माग र चाहना अनुरूप अाफ्नो कलाकारितालाई पनि सर्वोत्कृष्ठ बनाउने सोच लिएर मोडलिङ क्षेत्रमा पाहिला टेकेको कुरा व्याक्त गर्छन् । उनी भित्र भएको क्षमता, कुशलता , एवम् सिर्जनशिलता प्रष्फुटित गरि सबैको वावाहिको पात्र बन्दै देशलाई सफल कलाको मार्गमा डोर्याउदै भविष्यमा एक चर्चित मोडल एवम् कलाकारको रूपमा नेपाली सिने नगरीमा स्थापित हुने र नेपाली सिने जगतलाइ अझ माथिल्लो खुड्किलो सम्म पुर्याउदै अाफू स्थापित हुने उनको चाहना व्याक्त गर्न उनी हिचकिचाउदैनन् । छोटो समयमा नै अाफ्नो कलाकारिताले सबैको मन र मष्तिष्कमा बस्न सफल मोडलको पङ्तिमा उनी अग्रपङ्तिमा पर्छन । कडा मेहनत , परिश्रम , काम प्रतिको मोह , शुन्दर चेहरा एवम् कुशल अभिनयको कारणले गर्दा लाखौ लाख दर्शक श्रोताहरूको मन जित्न सफल मन्दिप पौडेल अहिले युवाका ढुकढुकी बन्दै सबैको रोजाईमा पर्दै अाएका उनी चिरपरिचित र चल्तीका मोडल बन्न सफल भएका छन् ।

मोडल मन्दिप पौडेल बहुमुखी प्रतिभाका धनी प्रतिभा हुन । उनी मोडलिङ क्षेत्रमा त सबैका प्रिय पात्र भए नै यसका अलवा समाज सेवा तर्फ पनि उतिकै लागिपरेका छन् । यसका अतिरिक्त उनी एक सफल व्यापारी पनि हुन् । व्यापारमा पनि नाम र दाम दुवै कमाउन सफल भएका छन् । काठमाण्डौको पिपुल्स प्लाजामा पसल नं.२०२ मा फेसनेबल एवम् गुणस्तरिय कपडा पसल सञ्चालन गरि मोडलिङमा प्रवेश गर्ने युवालाई सोही बमोजिमको पोशाकको व्यावस्था गरि उचित र सही किसिमका कपडा राखी नव मोडलहरूलाई पोशाक छनौटमा सल्लाह सुझाव दिदै पसल सञ्चालन गरेका छन् ।सहि र उचित पोशाक नपाएकोले गर्दा युवाहरू लुगा हेर्न जादा अोठ लोपार्दै खिन्न एवम निराश भएर फर्केको देख्दा उनलाई कता कता नरमाइलो एवम खल्लो महसुस भई युवाहरूलाई समय र परिवेश अनुरुप गुणस्तरिय पोशाकको अावश्यकता महसुस गरि यो पसल संचालन गरेको र त्यसमा सफल भएको कुरा उनी व्याक्त गर्छन । अहिले उचित अनि गुणस्तरिय कपडा पाउँदा मानिस दङ्ग परि खुशि हुदा अाफूलाई पनि खुशीले मन भरिएर अाउने अाफ्नो दैनिकि गुजारा पनि गुज्रिरहेको कुरा कुरा व्याक्त गरिरहदा उनमा एक किसिमको गजबको खुशि छाएको प्रष्टै देखिन्थ्यो । व्यापारले उनको गुजारा त अवस्य नै चल्छ नै तै पनि गुणस्तरिय सामान उपलब्ध नभईरहेको परिपेक्ष्यमा गुणस्तरिय समान र उचित मूल्य हुनुले उनको यश कार्यलाई सर्हानिय मान्नै पर्छ ।कुरा कानि कै सिलसिलामा यति राम्रो फेसनेबल मान्छे हट्टा कट्टा प्रेम प्रस्ताव त अाउछन होला नि भन्दा गजबको हासोले कोठा गुञ्जयमान गराउदै यो त अलिक प्रसनल हो यसलाई यतिमा छाडौ कि ? भन्ने प्रतिउत्तर दिदै हाम्रो अन्तरलाप पनि हासो सग सगै बिट पनि मार्यौ । मोडल , व्यापारी , समाजसेवी मन्दिप पौडेल निरन्तरको अथाह साधना , सेवा र कर्मले निरन्तरता पाउदै गर्दा सफलताको शिखर चुम्न तल्लिन अगाडि बढिरहेका ती पाइला नहडबढाउन नडगमगाउन हाम्रो शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *