नेपाली मोडलिङमा उर्जाशील युवा मोडेल रब्स सापकोटा

निरन्तरको प्रयास अनि त्यहि लक्ष्यलाई केन्द्रबिन्दुमा राखेर पाइला अगाडि बढाउदा हम्मे हम्मे पर्छ र सफलतामा अभिमुख हुँदै गर्दा घमण्डको पनि चरमसिमा नाघिसकेको हामीले देखेका छौ ।सफलताको शिखरमा लम्किरहेका पाइला अनि समाज र देशका लागि केही गर्छु भनेर कम्मर कसेर अगाडि बढेका ती व्याक्तित्वको बारेमा कुरा गर्न गहिरहेका छौ जो एकपछी अर्को सफलता प्राप्त गर्न लम्कीरहेका र निरन्तरको लगाव ,सिर्जनशिलताका पक्ष्यधर ,अति मिलनसार र उर्जाशील युवा उनी हुन रबि सापकोटा उर्फ रब्स सापकोटा इस १९९७ -०७-१५ मा उर्वराशिल भुमि चितवनको विरेन्द्रनगरमा जन्म भएका उनी काठमाण्डौलाई कर्मथलो बनाई मोडलिङको सफलतामा लम्किरहेका नक्षत्र हुन ।हुने विरूवाको चिल्लो पात भने झै पढाइमा लगनशिल युवा अचानक मोडलिङमा पहिलो पाहिला टेक्ने बिति कै nepals star model 2016 मा best decepline को ताज पहिरिएर यश क्षेत्रमा छाएका युवा ढुकढुकि हुन रब्स सापकोटा ।करियर बनाउने बाटाहरू थुप्रै छन तर मनले खाएको काम गर्नुको मजा नै बेग्लै अनि त्यसैमा नै सन्तुष्ठी लुकेको ठान्ने उनी त्यस यता मोडलिङ क्षेत्रमा जमेरै बसेका छन् ।जति जति माग र चर्चा चुलिदै जान्छ उति उति जिवनशैलि पनि परिवर्तन हुदैजान्छ । एक समय घरभाडा समेत तिर्न नपुग्ने पारिश्रमिकमा खुम्चिने नेपाली सेलिब्रेटीहरू अहिले डिमाण्ड गर्न अातुर भएका छन् ।नेपाली मोडलिङ र फिल्मको बजार मन्द गतिमा बढे पनि पारिश्रमिक भने दिन प्रतिदिन अाकाशिदो छ सगै उनिहरूको रियल लाइफ पनि लक्जरि बन्दै गएको छ । तर बिल्कुल फरक शैलिमा रब्स सापकोटा समयको व्यावस्थापनलाई मध्यनजर गरि बजारका पछी नदुगुरेर स्वत पारिश्रमिक पाउने गर्छन। अाफ्नो डिमाण्डको लेखाजोखा अाफै गर्नु घमण्डको पराकाष्ठा भएको व्याक्त गर्ने उनी अाफ्नो लगनशिलता र कार्यशैलिलाई मध्यनजर गरि स्वत अाफ्नो पारिश्रमिक पाउने गरेको कुरा व्याक्त गर्छन । आधा दर्जन भन्दा बढी ब्युटी प्रिजेन्टमा सफल कोरियोग्राफर गरि अाफ्नो छविलाई थप उर्जाशिल बनाउदै लगेका छन् ।कोरियोग्राफर गरे बापत यति नै पारिश्रमिक चाहिने नभन्ने र उचित किसिमको मुल्याङ्कनले पारिश्रमिक निर्धारण हुने र तालिम संचालनको क्रममा सहभागिहरूले धेरै सिकुन र तिव्र प्रतिस्पर्धामा समावेश गराई लक्ष्य उन्मुख हुन सकुन भन्ने सोचाई राख्ने उनी हाल कुशल कोरियोग्राफर बनी रहदा अाफुले सोचेभन्दा बढि पारिश्रमिक पाउने गरेको र त्यो भन्दा बढी खुशिको कुरा तालिममा सहभागी खुशि हुदा मिल्ने अात्म सन्तुष्टि नै ठूलो पारिश्रमिक भएको उनि ठान्छन । गहुगोरो बर्णका ५:११ अग्ला अनि शरिरको सन्तुलन मिलेका उनी यसका अलावा १ दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरि अभिनयको क्षेत्रमा पनि अब्बल रहेको प्रमाणित गरेका छन् ।अझै कतिपय म्युजिक भिडियो रिलिज हुन नपाएकोमा दुखेसो पोख्दै भन्छन कुनै म्युजिक भिडियो को सुटिङ कलिकति बाकि रहेको र अहिले मिस्टर एण्ड मिस चितवन मोडेलमा कोरियोग्राफर गरिरहेकोले समय व्यावस्थापन जटिल भएको स्विकार गर्छन । म्युजिक भिडियोमा अभिनय गरेबापत १० देखि २० हजार सम्म पारिश्रमिक थाप्ने उनी निरन्तरको प्रयास अनि लगनशिलता एवम् साथीभाई परिवारको सल्लाह सुझाव र प्रेरणाले उद्देश्यमा पुग्ने मार्ग प्रसस्त भएको ठान्छन ।फिल्ममा अफर अाउने तर उचित समय अनि उचित कथावस्तु भएमा अात्मसात गर्न सकिने तर फिल्मले नेपाली जनमानसमा छाप छोड्न सफल कथावस्तु भएमा फिल्म खेल्ने सोच बनाएका उनी कामप्रतिको लगावलाइ अात्मसात गरि अगाडि बढ्न माहिर पनि उत्तिकै मानिन्छन ।गहुगोरो बर्णका उनी हामिसगको अन्तर्लापमा सालिन एवम् शान्त स्वभावलाई कसरी व्यावस्थापन गर्नुहुन्छ भन्दा गजबको मुस्कानले बडो गर्वका साथ अाफै मुल्याङ्कन गर्ने कि ? हेर्दा सर्लक्क परेको युवा प्रेम प्रस्ताव खुब होला कि भन्ने प्रश्नावलिलाइ इङ्गित गर्दै थोरै गोपनियता कायम गर्दै भन्छन ” प्रेम शब्द नै अाफैमा व्यापक शब्द हो । कसै भित्र प्रेमको भावना उत्पन्न छ भने त्यो ठूलो कुरा हो । प्रेम गहन संवेदनाको कुरा पनि हो विपरित लिङ्गी प्रति अाकर्षित हुनु स्वभाविक हो प्रेम सामाजिक , पारिवारिक रूपमा अावश्यक कुरा पनि हो प्रेम नितान्त भावनात्मक र पवित्र कुरा पनि हो ……। म्युजिक भिडियोमा ह्यान्डसमको रूपमा कहलिएका सपकोटा महगो अभिनेताको सुचिमा पर्छन हामीलाई प्राप्त जानकारि अनुशार १०देखि२० हजार सम्म एक म्युजिक भिडियो बापत पारिश्रमिक बुझ्छन् । प्रत्येक म्युजिक भिडियोबाट तारिफ अाफ्नो पोल्टामा पार्दै अाएका उनको जिवनशैलि पनि लोभलाग्दो छ । उनको जिवनशैलि एवम अरूलाइ दिने सल्लाह सुझाव अनि अात्मबल प्रदान गरिरहदा जो कोहि लाई अाफ्ना कुराले सन्तुष्टि पार्ने कुशल स्वभाव भएका उनी समाज ,देश परिवेशलाई नियाल्दै सामाजिक रूपमा अाफ्नो छवीलाई अझ झङ्ग्याउदै लगेका छन् । अाफुलाई अरूले के दियो भन्दा पनि मैले अरूलाइ के दिन सकिन भन्ने सोच राख्नु २१ अौ शताब्दीमा दुर्लभ नै भए पनि तर पनि उनी यश मार्गमा दगुरिरहेका छन र वाह वाहीको पात्र पनि बनिरहेका छन । फरक सोच फरक नजरअन्दाज अनि समाज देश परिवेशलाई मध्यनजर गर्दै शिखर चुम्ने अाकाङ्क्षालाई केन्द्र बिन्दुमा राखी पाइला अगाडि बढी रहेको परिपेक्ष्यमा सफलताको शिखरमा झण्डा फहराउन सफल भई देश समाज अनि स्वयम् अाफ्नो लागि नाम र दाम कमाउन सफल हुन कामना पनि गर्न चाहन्छौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *