मिस नेपाल टप सेभेनमा पुगेकी धनकुटाकी सायराले जितिन् ‘मिस फ्रेण्डसिप अवार्ड’ (भिडियोसहित)

काठमाण्डौं, २९ चैत । मिस नेपाल–२०१८ को टप सेभेनमा पुगेकी धनकुटा हिलेकी सायरा लामाले ‘मिस फ्रेण्डसिप अवार्ड’ पाएकी छन् । हिडेन ट्रेजरको आयोजनामा राजधानीको अन्नपूर्ण होटलमा बुधबार राति सम्पन्न मिस नेपालको ग्रान्ड फिनालेमा लामा टप सेभेनमा पुगेकी हुन् । सोहि अवसरमा बिभिन्न १२ विदामा प्रदान गरिएको टाईटल अवार्ड मध्ये लामाले ‘मिस फ्रेण्डसिप अवार्ड’ जितेकी हुन् । प्रतियोगितामा २५ प्रतियोगि सहभागि थिए । यसैवीच प्रतियोगितामा सहभागि २४ प्रतिस्पर्धीलाई उछिन्दै हेटौंडाकी २२ बर्षीय श्रृङ्खला खतिवडाले ‘मिस नेपाल २०१८’ को उपाधि जितेकी छिन् । नेपालका विभिन्न जिल्लाकाबाहेक अमेरिका, बेलायत, अष्ट्रेलिया र स्पेनमा बसोबास गर्दै आएका नेपाली युवती पनि प्रतिस्पर्धामा सहभागी थिए । प्रतियोगितामा काठमाडौंबाट ८, पोखरा, बिराटनगर र भरतपुरबाट २÷२, धनकुटा, बीरगञ्ज, गोरखा, महेन्द्रनगर, दाङ, रुपन्देही, झापा र हेटौंडाका एक÷एक जना प्रतिस्पर्धी सहभागि भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *