मिस्टर एण्ड मिस मोडल चितवनको प्रशिक्षण सुरु

काठमाडौँ : नेपालको पर्यटकिय क्षेत्र चितवन जिल्लामा रहेर मोडलिङ क्षेत्रमा भबिष्य बनाउन चाहने अबिबाहित तथा बिबाहित महिला तथा पुरुषहरुको लागि मोडल सङस नेपाल प्रालिले मिस्टर एण्ड मिस मोडल चितवन २०१८ प्रतियोगिताको आयोजना गरेको छ l

भर्खरै मात्र सम्पन्न अडिसन बाट छनौट भएका २५ (पच्चीस) प्रतिस्प्रधीहरुलाई भबिष्यमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा विभिन्न प्रतिश्प्रधाहरुमा प्रतिनिधित्व गराउने उदेश्यले यस प्रतियोगिता गर्न लागिएको मोडल सङस नेपाल प्रालिका प्रबन्ध निर्देशक डेभिल सिंह राजपुत बताउछन l यस सौन्दर्य प्रतियोगितामा भाग लिने युवा युवतीहरुलाई ओरेन्टेसन क्लास सकाएर ग्रुमीङको प्रशिक्षण सुरु गरिएको जानकारी आयोजक टिमले गराएको छ l यस प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन l

प्रतियोगिताका लागि छनौट भएका प्रतियोगीहरुलाइ पच्चीस दिन सम्म विशेष प्रशिक्षण प्रदान गरिने छ l जसमा कोरियोग्राफर रबी सापक़ोटा र अरबिन्द हमाल ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् । प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागि गराइने जानकारी आयोजक डेभिल सिंह राजपुतले गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *