मिस्टर एण्ड मिस चितवनको ट्यालेन्ट राउण्ड समापन

मिस्टर एण्ड मिस चितवनका प्रतियोगीहरूले चितवन स्थित the spicy window restaurant and party palace मा फाल्गुन १९ गते शनिबार भएको एक कार्यक्रम बिच अाफ्नो अाफ्नो प्रतिभाको प्रस्तुति दिएका छन् ।
उक्त प्रतियोगितामा प्रतियोगिहरूले अाफ्नो प्रस्तुति दिनुका अलवा सास्कृतिक पोशाकमा सजधज साथ उपस्थिति जनाएका थिए । सो कार्यक्रमको संचालन कोरियोग्राफर रब्स सापकोटाले गरेका थिए । कार्यक्रमको अौपचारिकता राष्ट्रियगान बाट श्रीगणेश गरिएको सो कार्यक्रममा पहिलो प्रस्तुतिको रूपमा चर्चित नेपाली लोक गित रेशम फिलिलि बोलको गितमा गितारको सुमधुर संगितमा राजेश कुमालले गित गाएर सुनाएका थिए । त्यसरी नै प्रतियोगीहरू क्रमश अस्मिता नेपाली ,सिर्जना गिरि , दिव्या गजमेर , रचना अधिकारी ,रूपक मगर , प्रिति रौनियार ,काजल पुरी , सनम लामा , श्रृष्टि भण्डारि , सोनु तामाङ लगायतले अाफ्नो बेजोड प्रस्तुति प्रस्तुत गरेका थिए । समयको पाबन्दि अनि सोही बेला कै होलि चाडले समय व्यावस्थापन गारो भएको भन्दै गर्दा प्रतियोगीहरूको प्रस्तुति दमकेदार नै दिएका थिए । उक्त कार्यक्रमको निर्णायक मण्डलमा बरिष्ट ब्युटि सियन एवम फेसन डिजाईनर मिना झा र सुजन रिमाल रहनु भएको थियो प्रतियोगीहरूले अाफ्नो प्रतिभा प्रस्तुत गरे प्रस्चात निर्णायक मण्डलले केही सल्लाह सुझावका अतिरिक्त उत्प्रेरणात्मक भनाई प्रस्तुत गरेका थिए ।उक्त कार्यक्रममा कून प्रतियोगिले मस्ट ट्यालेन्टको ताज पहिरिने हो यसका लागि त प्रतियोगिहरूले फाइनल सम्म पर्खिनै पर्ने छ । कलेजमा अध्ययनरत टिनएज युवा युवतिहरूको व्यक्तित्व विकाश ,अात्मविश्वाश अभिवृद्दि,क्षमता उजागर लगायत नेतृत्वदायि क्षमताको विकाश साथै उच्च शिक्षाको अध्ययनका लागि सहयोग पुर्याउने र समाज उपयोगि जिम्मेवार व्यक्तिको रूपमा अगाडि बढ्न सहयोग गर्ने हेतुले यो कार्यक्रम अायोजना गरिएको अायोजकले जानकारि गराएको छ ।स्टेज पर्फमेन्स क्याटवाक अादि लगायत विभिन्न विद्यामा भने कुशल कोरियोग्राफर रब्स सापकोटा र अरबिन हमालले गुर्मिङ गराउदै अाएका छन ।
अायोजकले बताए अनुशार प्रतियोगिहरूको भोटिङ पनि खुल्ला भईसकेको र जसका लागि मिस्टर एण्ड मिस चितवनको पेजमा गई मनपर्ने प्रतियोगिहरूलाई भोट गर्न सकिने छ जसका लागि MMC space प्रतियोगि नम्बर लेखी ३३००१ मा अाफ्नो मत फाल्गुन २६ गते शनिबार दिउँसो १२ बजे
सम्म मत दिन सकिने कुरा अायोजकले जानकारि गराएको छ ।
यश प्रतियोगिताको समापन फाल्गुन २६ गते शनिबार बिहान ११ बजे देखि क्यान्सर हस्पिटलको भव्य सभाहलमा समापन गरिने र सो फिनालेको प्रत्यक्ष प्रसारण टेलिभिजनमा प्रसारण गरिने कुरा पनि अायोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *