मन न हो कहिले रुन्छ कहिले हाँस्छ-अमरको निर्दोष आँखा

अमरको निर्दोष आँखा-मन न हो कहिले रुन्छ कहिले हाँस्छ दु:खमा दुख्ने पीडामा रुने आखिर मन नै रहेछ । आफ्नो भन्नेले साथ छोडेपछि रुनु मान्छेको जिन्दगी रहेछ । मनलाई काबू गर्न कोही रुन्छ कोही सेता खाली पानाहरूमा मनको भारी बिसाउने गर्छ र मनको भारी जब बिसाएर कोही आनन्दी महसुस गर्छन् । कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन”अमर” पनि मनको भारी सँधै सँधै साहित्य सिर्जना गरेर हजारौं लाखौं पाठक माझ तीन दशकदेखि निरन्तर साहित्य सृजनामा लागि परेको छ । अमरकै सृजना देश बिदेश जताततै छरिएको देख्न पनि सकिन्छ र सबै गीत संगीत प्रेमीहरूले मन पराएको पनि छ । अन्जु पन्त, रिमा गुरुङ होडा, शिव परियार, मिलन अमात्य, शिखा भारती त कहिले मेलिना राई, लगायतका तिन दर्जनभन्दा बढी गायक/गायिकाहरूले अमरको रचनाको गीतहरूमा सुन्दरभन्दा सुन्दर आवाज समेत दिई सकेका छन् भने अहिले “निर्दोष यी आँखालाई आँसुले कति धोएँ, कसम तोडी जानेलाई भूल्न धेरै रोएँ ” बोलको गीत बानिका प्रधानको स्वर, अविदको संगीत रहेको अमरको शव्द रहेको यो गीतको म्युजिक भिडियो भर्खरै सार्वजनिक भएको छ ।
भिडियो सरोज श्रेष्ठको निर्देशनमा कलाकार रेस्मा लामा र विकेश महर्जनको अभिनय रहेको छ । एक चोटी हेरेर नपुग्ने हेरी रहूँ सुनी रहूँ जस्तो लाग्ने यो गीत सुन्दा मन नै हराउने, गीत गाउँदा गायिका स्वयं शब्दमा हराएको भान हुन्छ र गीत सुन्नेहरू पनि शब्दमा हराउने यस गीतको इडिटिङ्ग माधवको रहेको छ ।

1 thought on “मन न हो कहिले रुन्छ कहिले हाँस्छ-अमरको निर्दोष आँखा

Leave a Reply to IDM Free Download Cancel reply

Your email address will not be published. Required fields are marked *