बक्स अफिसको अायोजनमा बहुप्रतिक्षित बक्स अफिस फेसन शो को फारम खुल्ला

काठमाण्डौ, सुजन रिमाल ।
बक्स अफिसको प्रस्तुति तथा मोडल सङ्ग नेपाल प्रा लि को व्यावस्थापनमा एघारौ फिल्म फेयरको अवसरमा फेसन शो र ट्यालेन्ट हन्ट २०१८ अायोजना हुने भएको छ ।
प्रतिभाको खोजि गरि भविष्यका लागि एक सक्षम प्रतिभावान एवम् क्षमतावान जनसक्ति उत्पादन गर्न यो कार्यक्रम अायोजना हुन लागेको र भविष्यमा नेपाली कला क्षेत्रलाई थप उर्जाशील बनाउन यो कार्यक्रम अग्रसर देखिएको छ । यश प्रतियोगिताका लागि यहि अाउदो चैत्र २४ र २५ गते बिहान ११ बजे देखि ३ बजे सम्म रेड डायमण्ड रेष्टुरेन्ट नया बानेश्वरमा अडिसन हुने बक्स अफिसका प्रबन्ध निर्देशक अार के सुबेदीले जनाएका छन । विभिन्न प्रतियोगिताहरू कुशलतापूर्वक अायोजना गरि ख्याति कमाएका सुवेदी यश प्रतियोगिताले हाम्रालाई भन्दा पनि राम्रालाई सहयोगी शिद्द हुने कुरामा अाशावादि छन । यश प्रतियोगितामा विवाहित अविवाहित महिला ३-४५ बर्ष सम्मका र पुरूष ३- ४० बर्ष सम्मकाले यश प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । यश प्रतियोगितामा अाफुमा कला कला भएर पनि उचित कदर नभएकाले निराश भएर बसेका सौन्दर्य र क्षमता भएर पनि सधै पछि परेका र उचित मूल्याङ्कन नहुदा अाफूलाई एक्सपोज गर्न सक्षम नभएका, उनिहरूको क्षमतालाई अभिवृद्दि गर्दै समाजमा सकरात्मक संदेश फैलाउदै नेपाली कला नगरिमा सक्षम र क्षमतावान जनसक्ति उत्पादन गरि समायोजन गर्न यो प्रतियोगिता सहयोगी सिद्द हुने कुरा बक्स अफिस ग्रुपका प्रबन्ध निर्देशक अार के सुबेदिले जानकारी गराएका छन ।
मोडल सङ्ग नेपाल प्रा लिको व्यावस्थापनमा अायोजना हुन लागेको यश प्रतियोगितामा सहभागिता जनाउन इच्छुक प्रतियोगी एवम् फेसन डिजाइनरले अोमनिया A-९७ भुई तल्ला वल्ड ट्रेड सेन्टर त्रिपुरेश्वर फोन न ०१-४११७१४२, अोमनिया G-२४ भुइ तला सिटी सेन्टर कमलपोखरी फोन न ०१-४०११५२३, योङ फरेभर पसल न २०२ पिपुल्स प्लाजा न्युरोड फोन न ०१-४१५७५९५ र रेड डायमण्ड रेष्टुरेन्ट नया वानेश्वर काठमाण्डौ फोन न ९८५१२२७७६५ मा सम्पर्क गरि वा सोझै माथि
उल्लेखित स्थानमा गई फारम भर्न सकिने कुरा यश प्रतियोगिताको व्यवस्थापन गरिरहेका डेबिल सिह राजपुत र सुजन रिमालले बताएका छन । छनौट हुन सफल प्रतियोगिहरूलाई मोडलिङ प्रमोशन ,टिभि सिरियल ,पेपर एड , राष्टिय टेलिभिजनमा अन्तर्वाता , सम्पुर्ण सहभागी प्रतियोगिलाई सर्टिफिकट प्रदान गरिने छ । यसका अलाव विजेतालाई नगद ५५५५५ पुरस्कार प्रदान गरिने छ ।फेसन डिजाईनरमा सहभागिता जनाउने डिजाईनरको निम्ति नेपाली सेलिब्रेटी पोशाक डिजाईन , बक्स अफिस फेसन सो प्रतियोगि पोशाक डिजाईन , अन्तराष्ट्रिय पोशाक डिजाईन प्रतिस्पर्धामा सहभागिता जनाउने अवसर एवम राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसार हुने अवशर प्रदान गरिने छ । यो विल्कुलै नव प्रतिभावान र प्रतिभा भएर पनि प्रचुर सम्भावना हुदा हुँदै हाम्रालाई मात्रै अवशर हुदा राम्रा पछाडि धकेलिने परिपाटीलाई चिरफार गरि राम्रालाई अगाडि बढ्न प्रत्यक्ष रूपमा अवसरको ढोका खोलिदिने र विधा अनुकुल प्रतिभावानलाई मौका दिईने सुवर्ण अवसरलाई पक्कै पनि तपाईं जस्तो क्षमतावान र प्रतिभावानले चुक्नु हुने छैन ? मौका एक पटक अाउछ सो मौकाको फाईदा उठाउदै फारम पाईने ठाउमा गई सिट सुरक्षित गर्न सक्नुहुने छ र अझ विस्तृत जानकारी लिन चाहनुहुन्छ भने पेजमा उपलब्ध नम्बरमा सम्पर्क गरि जानकारी लिन सक्नु हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *