नेक्स्ट सुपर टप्स मोडल नेपाल २०१८ दोश्रो सिजनको लागि फोटो कन्टेस्ट सुरु

काठमाडौँ : नेपालमानै पहिलो पटक सुरु भएको महिला तथा पुरुषहरुको लागि मोडल सङस नेपाल प्रालि द्वारा आयोजित नेक्स्ट सुपर टप्स मोडल नेपाल प्रतियोगिताको दोस्रो सिजन आयोजना हुने भएको छ l जसका लागि अहिले फोटो कन्टेस्ट समेत सुरु भई सकेको छ l चाडैनै नेक्स्ट सुपर टप्स मोडल नेपाल २०१८ को अडिसन डेट घोषणा गर्न लागिएको यस सौन्दर्य प्रतियोगितामा भबिष्यमा नेपाल बाट अन्तराष्ट्रिय स्तरमा विभिन्न प्रतिश्प्रधाहरुमा प्रतिनिधित्व गराउने उदेश्यले यस प्रतियोगिता गर्न लागिएको मोडल सङस नेपाल प्रालिका प्रबन्ध निर्देशक डेभिल सिंह राजपुत बताउछन l फोटो कन्टेस्टको बिजेताले गिफ्ट ह्यापर्स पाउनुको साथमा प्रतियोगितमा ५०% छुट तथा डाइरेक्ट इन्ट्री पाउने भएका छन् l फोटो कन्टेस्ट प्रतियोगिताको लागि नेपाल फेसन विकले ब्यबस्थापन गरेको छ l

मोडल सङस नेपाल प्रालिले आयोजना गर्न लागेको यस सौन्दर्य प्रतियोगितामा भाग लिन इच्छुक महिला तथा पुरुष प्रतियोगीहरुले सङस नेपाल प्रालिको कार्यालय बाट फर्म लिएर सहभागिता जनाउन सक्नेछन l प्रतियोगितामा भाग लिनको लागि १६ बर्ष देखि ३० बर्ष सम्म र महिलाको उचाइ ४’ ५” र पुरुष ५’५” भन्दा माथिका प्रतियोगीहरु हुनु पर्नेछ l उक्त प्रतियोगिताको बिजेताले अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन l

प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ एक महिना सम्म विशेष प्रशिक्षण प्रदान गरिने छ जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् । प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागि गराइने जानकारी आयोजक डेभिल सिंह राजपुतले गराए। इच्छुक प्रतियोगीहरु सम्पर्कको लागि तलको ठेगानामा सम्पर्क गर्न सक्नेछन l 9809649541, 9844271872 E-Mail:- nepalfashionweek01@gmail.com

https://www.facebook.com/nextsupertopsmodel/

Leave a Reply

Your email address will not be published. Required fields are marked *