चाडै मातृभुमि फर्कन्छु : राष्ट्रकवि माधव घिमिरे

भारतको मेदान्त अस्पतालमा उपचाररत राष्ट्रकवि घिमिरेको स्वास्थ्यमा क्रमिक सुधार भईरहेको र सम्भवत अाजै अस्पतालको ´हाई केयर युनिट ` बाट क्याविनमा सारिने उक्त अस्पतालमा कार्यरत डा.किरण अधिकारीले जानकारी दिएका छन् ।अान्द्राको रक्तस्राव रोकिएको र अहिले पनि घिमिरेलाई अक्सिजनमा राखिएको छ यो उमेरमा अक्सिजन दिएर राख्नु सामान्य नै मान्नुपर्छ डा.किरणले भने केही दिनसम्म निरन्तर स्वास्थ्य अनुगमन गरेपछी मात्र कहिले डिस्चार्ज गर्ने भन्ने थाहा लाग्ने डा. अधिकारीले जानकारी गराएका छन् । राष्ट्रकवि घिमिरे भने अाफू चार पाच दिनमै स्वदेश फर्कने भन्दै खुशी व्याक्त गरेका छन् । अस्पतालमा उपचाररत राष्ट्रकवि माधवप्रसाद घिमिरे । साथमा सोही अस्पतालमा कार्यरत नेपाली चिकित्सक डा. किरण अधिकारी ।(स्रोत : डा. किरण अधिकारी)

उनको जन्म वि.सं.१९७६ असोज ७ गते लमजुङ जिल्ला को पुस्तुन गाउँमा भयो । ११ वर्षको उमेरमा घर छाडेर दुराडाँडा(लमजुङ) गाउँको संस्कृत पाठशाला हुँदै काठमाडौंको रानीपोखरीमा रहेको संस्कृत प्रधान पाठशाला र तीनधारा संस्कृत पाठशालासम्म आइपुग्दा उनले प्रथमा उत्तीर्ण गरे । त्यसपछिको अध्ययनका लागि उनी बनारस पुगे। घिमिरेले भारत मा बनारस को क्विन्स विश्वविद्यालयबाट सर्वदर्शनमा शास्त्री गरेका छन्। उच्चरक्तचाप लगायतका समस्या भएपछि काठमाडौंको ग्राण्डी अस्पतालमा भर्ना गरिएका घिमिरेको आन्द्राबाट भइरहेको रक्तस्राव नियन्त्रणमा नआएपछि अस्पतालले भारत लैजान सिफारिस गरेको थियो । उनलाई ९ जेठमा मेदान्त पुर्याइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *